भारतबाट उड्दै गरेको विमानभित्र शिशु जन्मिएपछि....

आश्विन २७,२०७७

-

असोज २७,२०७७ काठमाडौं ।
विश्व रोचक र आश्चर्यजनक परिवेशले भरिएको छ । जसका कारण कोरोनाको कहरकाबीच आउने कतिपय रोचक प्रसंगले हामीलाई खुसी तुल्याउँछ ।
 
हालै भारतको एयरवेज इण्डिगोको उडानका क्रममा विमानभित्रै एउटा रोचक घटना भयो । जसले मानिसहरुले खुलेर खुसी साटासाट गरे ।
 
इण्डिगोको दिल्ली–बेंगलुरुको एक उडठानका क्रममा बुधवार एक महिलाले शिशुलाई जन्म दिइन् । इण्डिगो एयरलाइन्सले यस घटनाको पुष्टि गर्दै दिल्लीबाट बेंगलुरुका निम्ती उडान भरेको ६ ई १२२ विमानमा उमेर नपुगी एक नवजात शिशुको जन्म भएको बताएको छ । तथापी आमा र बच्चा दूबैको स्वास्थ्य राम्रो रहेको छ ।
Image
साझ ६ बजेर १० मिनेटमा उडानको क्रममा शिशु जन्मिएपछि एयरपोर्टमा विमान उत्रिनासाथ एक विशेष दलले यस खुसीलाई उत्सव झै मनाएका थिए । एयरपोर्टमा इण्डिगो फ्लाइटका कर्मचारीले महिला र शिशुको भब्य स्वागत गरेका थिए ।
Image