डिप्रेसनवाट बँच्न ब्याईफ्रेण्डको अंगालो

चैत्र ०३,२०७६

-

जापान । जापानको लेवल ५ र ओतोमे युशा भिडियो गेम कम्पनीले संयुक्त रूपमा एक स्पिकर बनाएको छ । ‘ब्वाइफ्रेन्ड हग स्पिकर’ नाम दिएको यस स्पिकरको प्रयोग रोचक रहेको छ । 
 
तनाव, एक्लोपन तथा डिप्रेसनको बेला यस स्पिकरले अंकमाल गरेर तनाव कम गर्ने काम गर्छ। स्पिकरले अंकमाल गर्दा गीत पनि बज्ने गर्छ । महिला लक्षित यस स्पिकरले नक्कली ब्वाइफ्रेन्डको काम गर्ने गर्छ । यो स्पिकर रेस्टुराँ, थिएटर, सपिङमल जता पनि लान सकिन्छ । 
 
कम्पनीले यस स्पिकरलाई मानिसको जस्तै आकार दिएको छ । सामान्य मानिस जस्तो ठुला दुई पाखुरा यसमा रहेका छन् भने तकिया पनि राखिएको छ । पाखुरामा ब्लुटुथ स्पिकर जडित छ, जसको कारण ब्लुटुथबाट पनि बजाउन सकिन्छ । उक्त स्पिकर हालसम्म एक सेट मात्र बनेको कम्पनीले बताएको छ । ‘ब्वाइफ्रेन्ड हग स्पिकर’ बिक्रीको लागि नभई एक प्रतियोगिताको लागि बनेको बताइएको छ ।
 
कम्पनीले ट्वीटरमा सुरू गरेको एक प्रतियोगिताको लागि यो स्पिकर बनाएको हो । बिजेताको नाम अगस्त ९ मा घोषणा हुनेछ । महिलाको लागि बनेको यो स्पिकर पुरूषको लागि पनि बनाउने योजना कम्पनीको रहेको छ ।
 (स्रोत : अन्तराष्ट्रिय समाचार एजेन्सी)