यी हुन् विश्वकै ठूलो नितम्ब भएकी मोडल

पौष ०२,२०७५

-

२ पौष २०७५ काठमाण्डौ l 
 
 
दुनियाँमा मानिसका रुचि पनि भिन्न–भिन्न हुन्छन्? कसैलाई जिरो फिगर बनाउने ध्यान छ त कतिलाई आफ्नो हिप बढाउने शौख।
 
 
आज हामी तपाइँलाई एकजना स्विडिस मोडेलको बारेमा बताउँदैछौँ जसको फिगर देख्दा तपाइँ छक्क पर्नुहुनेछ। आखिर यी मोडेलले के गर्न चाहन्छिन्?
 
 
नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाडि फ्रिजको आकार पनि फुच्चे हुन्छ। यी दुनियाँकै सबैभन्दा ठूलो नितम्ब भएकी मोडेल हुन्। तर उनी आफ्नो नितम्बलाई अझै बढाउन चाहन्छिन्।
 
 
२५ वर्षकी नताशाको हिपको आकार अहिले ८० इन्चको छ। उनले नितम्ब बढाउनका लागि धेरैपटक सर्जरी गराइन्। अब पनि सर्जरी गराएमा उनको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चेतावनी डाक्टरहरुले दिएका छन्।
 
 
५ फिट १० इन्च अग्ली नताशा इन्स्टाग्राममा पनि सेलिब्रेटी छिन्। उनका ३ लाख १८ हजार फलोअर्स छन्। फेसबुकमा पनि लाखौँ फलोअर्स रहेका छन्।
 
 
अमेरिकाको एक रियालिटी टीभी शोका क्रममा उनले आफ्नो भीमकाय हिप निकै सुन्दर रहेको र आफूले घटाउन नचाहेको बताएकी छन्।
 
 
आफ्नो भीमकाय नितम्बका कारण अहिलेसम्म धेरैवटा कर्सुी तथा बेड भाँचिएको खुलासा पनि उनले गरेकी छिन्।