जब मुसालेनै बिरालोलाई लखेटेपछि....

मंसिर ०३,२०७५

-

३ मंसिर २०७५ काठमाण्डौ l 

 
एजेन्सी । मुसालाई बिरालाले लखेट्नु त सामान्य घटना नै हो। लखेटीलखेटी बिरालोले मुसालाई आफ्नो सिकार बनाउँछ। तर के मुसाले बिरालो लखेटेको देख्नुभएको छ?
 
 
हो यस्तै एउटा भिडियो सार्वजनिक भएको छ। युरोपेली देश लक्जमबर्गमा मोबाइलबाट खिचिएको एउटा भिडियोमा सडकमा मुसा देखेपछि बिरालो नजिकै जान्छ।
 
 
मुसाले आफ्नो नजिकै आएको बिरालोलाई लखेट्न थाल्छ। बिरालो बिस्तारै बिस्तारै भाग्न थाल्छ। आफ्नो सिकार गर्न आएको बिरालोलाई मुसाले लखेट्यो।