तीनवटा खुट्टा भएको कुकुरले बचायो बालकलाई

जेठ ०६,२०७६

-

काठमाडौं –  [एजेन्सी ] थाइल्यान्डमा तीनवटा खुट्टा भएको एउटा कुकुरले नवजात शिशुको ज्यान बचाएर नायकको काम गरेको छ । 

घटनापछि मानिसले कुकुरको खुबै प्रशंसा गरिरहेका छन् । पन्ध्र वर्षकी एक किशोरी गर्भवती भएपछि निकै लजाइन् र उनले आफ्ना मातापितालाई यो कुरा लुकाइन् । बच्चा जन्मेपछि उनले त्यसलाई जलाउन खोजिन् तर कुकुरले त्यो देख्यो अनि कराउन थाल्यो । 

पिङ पोङ नामक कुकुरको आवाज सुनेर मालिक घटनास्थलमा आए अनि अन्य व्यक्तिले पनि बच्चालाई सुरक्षित बाहिर निकाले । 

फोहोर राखिएको ठाउँमा बच्चालाई देखेर कुकुर निकै भुक्यो अनि आगो निभाउने कोशिश गर्न थाल्यो । स्थानीयहरू हल्ला सुनेर घटनास्थलमा आए र प्याकेटमा बच्चाको गोडा देखेर छक्क परे । बच्चालाई उनीहरूले तत्कालै अस्पताल लगे । त्यहाँ चिकित्सकहरूले प्राथमिक स्वास्थ्य जाँचपछि बच्चा स्वस्थ रहेको बताए । 

आरोपित आमालाई पक्राउ गरिएको र बच्चालाई हत्या गर्ने कोशिश गरेको मुद्दा लगाइएको छ । लेफ्टिनेन्ट कर्नल पानुवत पुटकामले बैंकक पोस्टलाई बताए, ‘बच्चाकी आमा नाबालिका हुन् तर कानून अन्तर्गत उनीमाथि मुद्दा चल्छ । उसलाई बालअधिकार कार्यकर्ताको उपस्थितिमा सोधपुछ गरिनेछ । बच्चीको मानसिक स्वास्थ्यको पनि जाँच गरिनेछ ।’

पिङ पोङका मालिकले ऊ निकै बफादार र आज्ञाकारी भएको बताए । दुर्घटनामा परी एउटा खुट्टा काम नलाग्ने भए पनि गाउँका सबै मानिसले उसलाई माया गर्ने र उसले अहिले निकै राम्रो काम गरेको उनको भनाइ छ ।