महिलाको बारेमा अद्भुत रोचक जानकारी

रहस्यमयी नारीको बारेमा केहि अनौठो कुराको रहस्योद्घाटन

श्रावण ३०,२०७७

-आस्था न्युज

नारी यस संसारको अद्भुत रचना हो l कुनै पनि कथा , काब्य , शास्त्र , कबिता वा भनौ कुनै पनि घट्ना र सृजना नारी बिनाको कल्पना पनि गर्न सकिदैन l त्यसैले त हाम्रो  धर्म शास्त्रले पनि नारीलाई सबैभन्दा उच्चतम दर्जामा राखेको छ l यस्तो अद्भुत र बिलक्षण गुण र स्थान पाएकी नारीको बारेमा जति बखान र गुणगान गएपनि कम हुन्छ l त्यसैले त भनिन्छ नारीलाई स्वयम् भगवानले त बुझ्ने सामर्थ्य हुदैन  भने मनुष्यको त के कुरो l

 

तर आज हामी यिनै रहस्यमयी नारीको बारेमा केहि अनौठो कुराको रहस्योद्घाटन गर्ने दुस्साहस गर्न गईरहेका छौ l जसलाई जानेर  तपाई हैरानीमा पर्नुहुने छ l आउनुस्, महिला यानी नारीको बारेमा केहि अद्भुत तथ्यको बारेमा जानकारी लिउ :-

 

  • महिलाहरु झुठ बोल्न मन पराउदैनन l विशेषगरी सम्बन्धको बारेमा l
  • " म के लगाउ " भन्ने कुराले महिलाहरुको आफ्नो जीवनको करिव एक बर्ष खर्च हुन्छ l
  • महिला यदि कुनै पुरुष प्रति आकर्षित हुन्छे भने उनको स्वर सामान्यरुपमा भन्दा चर्को वा ठुलो हुने गर्दछ l
  • करिब ८० प्रतिशत महिलाहरु आफ्नो पिडा व्यक्त गर्न किसको सहारा लिने गर्दछन l
  • पुरुषहरुको तुलनामा महिलाहरुले बढी रङ्ग देख्ने गर्दछन् l न्युकासल युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार महिलाको तुलनामा पुरुषले कम रङ्ग देख्दछ l
  • एक रिसर्चका अनुसार महिलाहरुले आफ्नो जीवनमा करिब २ के.जी. लिबिस्टिक खाने गर्दछन् l
  • महिलाहरुलाई तिथिमिति धेरैनै याद हुने गर्दछ l जस्तै उनीहरु  कहिले, को संग , कहाँ, कुन दिन, कुन बर्ष , कति गते, कति बजे ,कुन रङ्ग, कुन खाना, गिफ्ट, लुगा, बोलि आदि सबै याद राख्दछन् l यदि तपाई महिलासंग यस बारेमा कुरा गर्नुभयो वा बहस गर्नुभयो भने तपाईको नालीबेली स-विस्तार  बताईदिन्छन् l त्यसैले महिलासंग यस बारेमा झुक्केर पनि बहस नगर्नुहोस् l
  • शारीरिक बनावटका कारण महिलाको दिमाग पुरुषको तुलनामा सानो हुन्छ l तर दिमागको कोषिकाहरु भने पुरुषको सरह बराबर हुने गर्दछ l सामान्यतया महिलाको दिमाग पुरुषको तुलनामा ९ प्रतिशत सानो हुने गर्दछ l यसको मतलब महिलाहरु कम बुद्धिका हुन्छन भन्ने होईन l
  • विश्वको पहिलो  कम्प्युटर प्रोग्रामर महिला थिईन l
  • अमेरिकाको कुरा गर्ने हो भने ३० प्रतिशत भन्दा बढी बिजनेसको मालिक महिलाहरु छन् l
  • महिला र पुरुष समान मात्रामा आफ्नो भावनाको अनुभव गर्दछन् l फरक यत्ति हो कि महिलाहरु यसलाई पुरुषको तुलनामा बढी व्यक्त गर्ने गर्दछन् l
  • महिलाहरुलाई मुटुको रोग कम लाग्ने गर्दछ l तर मोटोपन बढी देखिने गर्दछ l
  • पुरुषको तुलनामा महिलाहरु बढी भावनात्मक र डरलाग्दो सपना देख्ने गर्दछन् l
  • महिलाहरुको महिनावारीको पिडा र हार्टअटेकको दुखाई लगभग बराबर हुन्छ l
  • महिलाहरु जसलाई मन पराउछन् उसको बिरुद्ध एउटापनि नराम्रो कुरा सुन्न सक्दैनन् वा चाहादैनन्  l
  • महिलाहरु पुरुषको तुलनामा एक दिनमा करिव १३ हजार भन्दा बढी शब्द बोल्ने क्षमता राख्दछन l त्यसैले नै होला महिलाहरु बढी कुरा गर्ने भएका l
  • महिलाहरु जसलाई प्रेम गर्छन्, उसको बारेमा हेरेक मिनेट सोचिरहेका हुन्छन् l
  • महिलाहरु यदि सम्बेदनशील हुन्छन कि यदि कसैले उसलाई सेन्टिमेन्टल कुरा गरिदियो भने त्यो कुरा जिन्दगीभरी बिर्सिदैनन l
  • अन्तमा : याद राख्नुहोस , यदि कुनै महिलाले कुनै कुरा तपाईको लागि नै भनेर पकाएर ल्याउछिन् भने तपाई उसको लागि बिशेष हुनुहुन्छ l

 

यी माथि उल्लेखित कुराहरु महिलाको बारेमा पत्ता लागेको सामान्य कुरा मात्र हुन् l महिलाको बारेमा बुझ्न र जान्न अझै धेरै छन् l महिलालाई बुझ्न र जान्न लागि परियो भने यो जन्म सायद कम पर्दछ l त्यसैले हामीले जानेका र बुझेका तथ्यकुरा मात्र यहाँ प्रस्तुत गरेका हौ l अन्य तथ्यहरु फेरी अर्को लेखमा l यसको लागि हामीलाई पछ्याउनुहोस , जसका लागि हाम्रो यस पेजलाई लाईक र सेयेर गर्नुहोस्  l