चकलेटको लोभमा ४ बर्षिय वालकले चलाए गाडी

चैत्र ०३,२०७६

-

काठमाडौं । बच्चाहरूलाई मनपर्ने खानेकुरा हो, चकलेट । चकलेट खानको लागि उनीहरूले अनेक बहाना तथा उपाय लगाउँछन् । कहिले रूने त कहिले झगडा गर्ने वा रिस, घुर्की देखाउने गर्छन् । यतिसम्म की कहिले पैसा चोर्न पनि पछि हट्दैनन् । यस्तै, एक घटना अमेरिकाको मिननेसोटा राज्यमा घटेको छ । 
 
गत मंगलबार, ४ वर्षका जेन्सनले आफ्ना हजुरबुबाको गाडीको चावी लिई गाडी चलाउन थाले । व्यस्त ट्राफिकमा करिब एक माइलसम्म गाडी चलाएका जेन्सनको एक मात्र उद्देश्य चकलेट खानु थियो ।
उनलाई स्थानीय पुलिसले आफ्नो नियन्त्रणमा राखि परिवारलाई खबर गरेका थिए।  भाग्यवश जेन्सनलाई चोटपटक केही नभए पनि कार र बाटोका छेउछाउमा रहेका पोस्टबक्समा भने केही क्षति भएको थियो । 
 
गाडी चलाउने क्रममा उनले चलाएको गाडी छिमेकीको गार्डेनका केही रूखहरूमा ठोक्किएको थियो। सोधपुछको क्रममा जेन्सनले आफ्ना अभिभावकले गाडी चलाएको तरिका सम्झिएर सोही अनुसार चलाएको बताए। उनलाई चकलेट खान मन भएको कारण उनी चकलेट किन्न  गाडी लिएर हिडेको स्काई न्युजमा उल्लेख रहेको छ । प्रत्यक्षदर्शी प्रहरी मार्क बोरबुमका अनुसार अनियमित गतिमा कार आएकोले गाडीलाई नियन्त्रणमा लिने क्रममा उनले जेन्सनलाई गाडी चालकको रूपमा देखेका थिए ।
(अन्तराष्ट्रिय समाचार एजेन्सी)