रोचक दुनियाँ पृष्‍ठ
प्रमुख समाचार
 

नेपाली इतिहासका खलनायक जंगबहादुर राणाका बारेमा रोचक तथ्य

नेपालको इतिहासमा एक चर्चित शासक हुन् जंगबहादुर राणा । लफङ्गा, जुवाडेको पृष्ठभूमिबाट सुरु भएको जंगबहादुरको जीवन अन्तमा नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा उदाए । वि.सं. १९०३ मा श्री ५ लाई बर्खात गरि श्री ३ को इतिहास सुरु गरेका उनी आफ्नो जीवन भर विभिन्न कारणले चर्चामा रहे । समय वित्दै जाँदा उनी एक किंबदन्ती जस्तै बन्न थाले । धरहराको टुप्पोबाट हाम फाल्थे रे, हात्तिले कुल्चाउँदा समेत मरेन रे, ‘ज्यूँदै बाघ समात्थे रे’ भन्ने जस्ता उनीसँग जोडिएका कुराहरु नेपाली समाजमा निकै पछिसम्म गाउँ गाउँमा चर्चा