हस्तमैथुन सम्बन्धी रोचक तथ्य !

भाद्र २९,२०७५

-

२९ भदौ, २०७५ काठमाण्डौ l
 
 
हस्तमैथुनका विषयमा मानिसहरुमा विभिन्न प्रकारका धारणा तथा प्रश्नहरु रहने गर्दछन् । यौन सन्तुष्टिको सबैभन्दा सहज उपायको रुपमा रहेको हस्तमैथुनका सम्बन्धमा रहेका केही रोचक तथ्यहरु यस्ता छन्-
 
 
सबै पुरुषले हस्तमैथुन गर्दैनन्
 
हो, यदि सबै पुरुषले हस्तमैथुन गर्छन् भन्ने ठान्नुभएको छ भने तपार्इं गलत हुनुहुन्छ । सन् २०१६ मा गरिएको एक अध्ययन अनुसार केवल ५७ प्रतिशत अविवाहित तथा एकल पुरुषहरुले मात्र दैनिक हस्तमैथुन गर्दछन् ।
 
पुरुषद्वारा भाइब्रेटरको प्रयोग
 
केवल महिलाले मात्र यौन सन्तुष्टिका लागि भाइब्रेटरद्वारा मैथुन गर्दछन् भन्ने हुँदैन । एक सर्भेक्षण अनुसार यौन उत्तेजनाका लागि पुरुषहरुले पनि भाइब्रेटरको प्रयोग गर्दछन् । अझ रोचक कुरा त के भने भाइब्रेटर प्रयोग गर्ने पुरुषहरुको यौन चाहना तथा यौन जीवन राम्रो हुने गरेको छ ।
 
हस्तमैथुनका फाइदा
 
हस्तमैथुन गर्नाले अनुहारमा चमक आउँछ भन्ने मान्यता छ । तर यो सही होइन । एउटा अध्ययनले के पुष्टि गरेको छ भने नियमित रुपमा हस्तमैथुन गर्ने मानिसहरुमा खुसीपनाको तह उच्च रहने र रोग प्रतिरोधी क्षमता पनि उच्च रहने गर्दछ । हस्तमैथुनले शरीरमा उर्जा वृद्धि गर्दछ ।
 
सेक्स र हस्तमैथुनको वीर्यमा फरक
 
जापानमा गरिएको एक अध्ययन अनुसार सेक्सका क्रममा निस्कने वीर्य तथा हस्तमैथुनका क्रममा निस्कने वीर्यमा हुने शुक्रकिटको मात्रा फरक हुन्छ । सेक्समा निस्कने विर्यमा शुक्रकिटको मात्रा निकै धेरै हुने अध्ययनले देखाएको छ ।