जहाँ बग्दछ रगत झैँ रातो झरना

भाद्र १७,२०७५

-

१७, भदौ, २०७५ काठमाण्डौ l
 
 
अन्टार्कटिकालाई हिमचादर पनि भनिन्छ । अर्थात् यसको ९८ प्रतिशत भाग सधै हिउँले ढाकेको हुन्छ । सेताम्मे हिउँको यो महादेशमा रगतजस्तै रातो पानी बग्ने झरना पनि छ भन्दा निकै आश्चर्य लाग्नसक्छ । वास्तवमा यो सेतो महादेश अन्टार्कटिकामा रातो झरना छ ।
 
अन्टार्कटिकाको म्याकमर्डोस्थित टायलेर हिमनदीमा एउटा यस्तो झरना छ जसमा बग्ने पानीको रंग रगत जस्तै रातो छ । यो झरनाको पानीको रंगकै कारण यसको नाम पनि रक्ते झरना अर्थात् ब्लड फल्स राखिएको छ ।
 
अमेरिकी जिव वैज्ञानिक ग्रिफिथ टायलरले सन् १९११ मा यो झरना पत्ता लगाएका थिए । यो झरना पाँच तले भवन जत्तिकै अग्लो छ भने यसको पानीमा विभिन्न १७ प्रजातिका सुक्ष्म जिव पाइने बताइन्छ ।
 
यो झरनाको पानी रातो हुनुको विशेष कारण छ । यो कुनै रगत होइन । पानीमा भएको आइरन अक्साइडले हावासँग रासायनिक प्रतिक्रिया गर्दा रातो रंगमा बदलिएको हो । यो पूर्णरुपमा रगत जस्तै देखिन्छ ।