तीनहजार वर्षमा एक चोटी फुल्ने फूल

भाद्र १२,२०७५

-

१२ भदौ, २०७५ काठमाण्डौ l
 
 
विश्वभर अनेकन मिथक र मान्यताहरु प्रचलनमा रहेका छन् । यस्तै अनौठो मान्यता संसारका केही क्षेत्रमा रहेको छ ।
 
जहाँ तीन हजार वर्षमा एकचोटि फुल्ने एउटा फूलको अस्तित्व रहेको विश्वास गरिन्छ ।
त्यस फूलको संस्कृत नाम उदुम्बरा हो जसको अर्थ हुन्छ स्वर्गको फूल । त्यसो त विगत कैयौं वर्षमा संसारभरि यो फूल देखिएको दाबीहरू गरिएका छन् ।सबभन्दा ताजा मामिलामा चीनका डा डिङले सन् २००७ मा यो फूल पत्ता लगाएको बताएका छन् । उनको बगैंचामा ३८ फूलको गुच्छा देखिएको बताइएको छ ।मान्यताअनुसार, यो फूल धर्तीमा पहिलोचोटि गौतम बुद्धको जन्मको समयमा देखिएको थियो ।
 
त्यसपछि सन् १९९७ मा दक्षिण कोरियाको एक मन्दिरमा बुद्धको मूर्तिमा यो फुलेको बताइएको थियो । बौद्धग्रन्थहरूमा यो फूललाई विशेष महत्त्व दिइएको छ ।फूलको विशेषता भनेको यसको सुगन्ध हो । तर नांगो आँखाले यसलाई देखिँदैन । यसलाई हेर्न म्याग्निफाइङ ग्लास वा माइक्रोस्कोप नै चाहिन्छ ।
 
यो फूल नभएर लेसविङ कीराको अण्डा भएको पनि मान्यता छ । रुखमा यो कीराले अण्डा दिन्छ र यसबाट फूलजस्तो देखिने सुगन्धित कुरा बाहिर निस्कन्छ । तर बौद्धमार्गीहरूले भने यो फूल पवित्र ठाउँमा उत्पन्न हुने मान्यता राख्ने गरेका छन् ।