शारिरिक सम्बन्ध स्थापित गर्न संसारभरीका मानिस के के गर्छन् ? पढ्नुहोस् रोचक तथ्य

भाद्र २०,२०७५

-

२० भदौ, २०७५ काठमाण्डौ l 
 
 
शारिरिक सम्बन्ध  अर्थात् सेक्स स्थापित गर्नु संसारको सबैभन्दा प्राचिन र सार्वभौमिक चलन हो । तर संसारका विभिन्न देशमा सेक्स गर्ने तरिकामा निकै विविधता छ । बीबीसीको एक कार्यक्रम ‘क्रसिंग कन्टिनेन्ट’ ले यसबारे अनुसन्धान गरेको छ जसमा संसारभरीका विभिन्न स्थानमा शारिरिक सम्बन्ध स्थापित गर्न मानिसहरु के के गर्छन् भन्ने बारे जानकारी दिइएको छ ।
 
पढ्नुहोस् संसारका ९ सबैभन्दा रोचक तथ्य
 
हवाईका मूल निवासी नीजि अंगको नाम राख्छन्,  पारम्परिक रुपमा हवाईका मूल निवासी आफ्नो नीजि अंगलाई पूजा गर्छन् । उनीहरु आफ्ना नीजि अंगलाई निकै ‘सुन्दर’ नाम राख्छन् । शाही परिवारदेखि सर्वसाधारणसम्मका सबैले आफ्नो नीजि अंगबारे गीत पनि लेख्छन् । यी गीतमा नीजि अंगबारे सबिस्तार बयानसमेत गरिएको हुन्छ । डाक्टर मिल्टन डायमन्ड ती हवाई मूल निवासीका विशेषज्ञ हुन् जोसँग बाहिरी दुनियाँको सम्पर्क भएको थिएन । उनका अनुसार लिली युकुलानी नामकी रानीले आफ्नो नीजि अंगको नाम ‘फ्रिस्की’ राखेकी थिइन् ।
 
जापानीहरु कम सेक्स गर्छन्
 
जापानमा शिशु जन्म दर खस्किरहेको छ । यतिमात्र होइन, जापानमा कण्डमको प्रयोग पनि तीब्र रुपमा कम भएको छ । यहाँ गर्भ निरोधक गोली, गर्भपतन र यौन रोगको समस्यामा पनि गिरावट आइरहेको छ । जापानको परिवार नियोजन संघका प्रमुख कूनियो किटामूरा भन्छन्, ‘यसको एउटै मात्र कारण छ, जापानीहरु कम सेक्स गरिरहेका छन् ।’ एक ताजा अनुसन्धान अनुसार यहाँ सेक्स बिना वैवाहिक जीवन व्यतित गरिरहेका जोडीको संख्या अत्यधिक छ ।
 
जापानका एक तिहाई पुरुषले आफूहरु काममा अत्यधिक थाक्ने भएकाले सेक्स गर्न नसक्ने बताउँछन् । यस्तै जापानकी एक चौथाई महिलाले सेक्स तनावपूर्ण र पीडादायी हुने बताउने गरेका छन् । १८ देखि ३४ वर्षबीचका मानिसहरुबीच गरिएको एक अर्को शोधमा पछिल्लो एक दशकमा यहाँ भर्जिनिटी अत्यधिक बढेको निष्कर्ष निकालेको छ । अनुसन्धानमा सहभागीमध्ये ४५ प्रतिशत जापानीले आफूले कहिले पनि सेक्स गर्दै नगरेको बताएका छन् ।
 
बच्चा जन्माउन हिच्किचाइरहेका छन् दक्षिण कोरियाली महिला 
 
दक्षिण कोरियामा हरेक महिलाले औसतमा १.०५ बच्चा जन्माउँछन् । तर देशको जनसंख्यालाई स्थिर राख्नका लागि प्रत्येक महिलाले २.१० जन्म दरलाई कायम राख्न आवश्यक छ जो कि अहिलेको दरभन्दा दोब्बर छ । दक्षिण कोरियाली सरकारले महिलालाई बच्चा जन्माउन प्रेरित गरिरहेको छ । यसका लागि सरकारले पछिल्लो एक दशकमा दसौं अर्ब डलर खर्च गरेको छ । तर जन्मदरमा गिरावट जारी छ । दक्षिण कोरियामा बढ्दो महँगी र बच्चामा हुने खर्चका कारण जन्मदरमा गिरावट आएको हुनसक्ने अनुमान गरिएको छ ।
 
यसको अर्को कारण यो पनि हुनसक्छ कि दक्षिण कोरियामा मानिसहरुले अत्यधिक काम गर्नुपर्छ l बच्चा हुर्काउने जिम्मेवारी अहिले पनि महिलाकै हो भन्ने मान्यता छ त्यसकारण बच्चा भएका महिलाले दोब्बर काम गर्नुपर्छ । सायद यसै कारण महिलाले अब बच्चा जन्माउन अस्विकार गरिरहेका छन् किनभने बच्चा जन्माउनुको अर्थ सधैंका लागि आफ्नो करियर त्याग्नु पनि हुन्छ ।
 
रुसमा हुन्छ गर्भधारण दिवस
 
रुसको एक इलाकामा जनसंख्या बढाउने पुरानो तरिका अपनाइने गरिन्छ । उल्यानोवस्क प्रान्तका गर्भनरले सेप्टेम्बरलाई आधिकारिक रुपमा गर्भधारण दिवसको रुपमा घोषणा गरेका छन् । यस दिन मानिसहरुलाई छुट्टी दिइन्छ ता कि उनीहरु घरमा बसेर सेक्स गर्न सकून् । जन्म दर बढाउनका लागि यो सरकारको एक नीतिको हिस्सा हो । जो दम्पत्तीले १२ सेप्टेम्बरको ९ महिनापछि बच्चा जन्माउँछन्, उनीहरुलाई क्यामरा, फ्रिज, वासिङ मेसिनलगायतका उपहार दिइन्छ ।
 
महिलालाई माछा दिएर फाकाउँछन् पुरुष
 
मध्य ब्राजिलको एक सानो गाउँ मेहिनाकूमा पुरुषले महिलालाई माछा दिएर फकाउने गर्छन् । जो पुरुषले सबैभन्दा ठूलो माछा समातेर ल्याउँछन् उसैले महिलाको प्रेम पाउँछन् । यसका लागि पुरुष माछा समात्ने विशेष प्रतियोगितामा पनि समावेश हुन्छन् ।
 
अष्ट्रियामा स्याउको महत्व
 
अष्ट्रियाको एक ग्रामिण इलाकामा महिला आफ्नो नजिकै स्याउको टुक्रा राखेर पारम्परिक नृत्यमा भाग लिन्छन् । नाचेपछि महिलाले आफूलाई मन परेको पुरुषलाई नजिकै राखेको स्याउको टुक्रा पेश गर्छन् । यदि पुरषलाई पनि महिला मनपर्यो भने उनले त्यो स्याउको टुक्रा खान्छन् ।
 
पुरुषलाई लडाएर सेक्स
 
कोलम्बियामा एक समूदाय छ जहाँ डान्स फ्लोरमा अराजक हुनु केही मानिसहरुलाई सेक्सको खेलाडी साबित गरिदिन्छ । गुआजिरो समुदायमा एक विशेष नाचको आयोजना हुन्छ । यो क्रममा यदि कोही महिला पुरुषलाई लडाउन सफल भइन् भने दुबैले सेक्स गर्नुपर्छ ।
 
छुट्टीमा बच्चा जन्माउँछन् डेनमार्क निवासी
 
स्पाइस ट्राभल नामको एक कम्पनीले गरेको अनुसन्धान अनुसार डेनमार्कका मानिसहरु छुट्टीका बेला सबैभन्दा धेरै सेक्स गर्छन् । छुट्टीमा उनीहरु औसतमा ४६ प्रतिशत बढी सेक्स गर्छन् । यस्तै, नयाँ शोधका अनुसार डेनमार्कका १० प्रतिशत महिलाले घर बाहिर, छुट्टीको क्रममा गर्भधारण गर्ने गर्छन् । सन् २०१४ मा यो कम्पनीले घर बाहिर गर्भधारण गर्ने दम्पत्तीका लागि एक विशेष अफर दिएको थियो । छुट्टीका बेला गर्भधारण गर्ने दम्पत्तिलाई तीन वर्षसम्म बच्चासँग जोडिएको उत्पादन निःशुल्क प्रदान गराइएको थियो ।
 
यूनानीले सबैभन्दा धेरै सेक्स गर्ने
 
कन्डम निर्माता डूरेक्सले गरेको सर्वेक्षण अनुसार ग्रिसका मानिसहरु संसारमा सबैभन्दा धेरै सेक्स गर्छन् । २६ देशका १६ वर्षसम्म कम उमेरका तीस हजारभन्दा बढी किशोरमाथि गरिएको सर्वेक्षणले सेक्सको विषयसमा ग्रिसका मानिसहरु सबैभन्दा अघि भएको बताएको छ । उनीहरु एक वर्षमा औसतमा एक सय ६४ पटक सेक्स गर्छन् ।
 
प्राचिन कालमा यूनानी सेक्सबारे निकै खुल्ला विचार राख्थे । उनीहरु यसका लागि सहिष्णु र प्रयोगात्मक पनि रहेका छन् । एजेंसी