नेपाली इतिहासका खलनायक जंगबहादुर राणाका बारेमा रोचक तथ्य

आश्विन २१,२०७५

-

२१ असोज २०७५ काठमाण्डौ l 
 
 
नेपालको इतिहासमा एक चर्चित शासक हुन् जंगबहादुर राणा । लफङ्गा, जुवाडेको पृष्ठभूमिबाट सुरु भएको जंगबहादुरको जीवन अन्तमा नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा उदाए ।
 
वि.सं. १९०३ मा श्री ५ लाई बर्खात गरि श्री ३ को इतिहास सुरु गरेका उनी आफ्नो जीवन भर विभिन्न कारणले चर्चामा रहे । समय वित्दै जाँदा उनी एक किंबदन्ती जस्तै बन्न थाले । धरहराको टुप्पोबाट हाम फाल्थे रे, हात्तिले कुल्चाउँदा समेत मरेन रे, ‘ज्यूँदै बाघ समात्थे रे’ भन्ने जस्ता उनीसँग जोडिएका कुराहरु नेपाली समाजमा निकै पछिसम्म गाउँ गाउँमा चर्चा भईरह्यो ।
 
 
नि:सन्देह जंगबहादुर नेपालको इतिहासका एक जना शासक हुन् । उनले नेपालको इतिहासमा कालो दिन भनिएको १०४ वर्षे राणाशासन भित्र्याए । उनले देशलाई युगौं पछि धकेल्ने काम गरे । जंगबहादुरका छोरा पद्यम जंगद्धारा लिखित पुस्तक ‘लाइफ अफ महाराज सर जंगबहादुर’ र अन्य विभिन्न पुस्तकबाट उनीसँग जोडिएका १० चर्चित प्रसंगहरु लिएर यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।
 
१. पारिवारिक पृष्ठभूमि सैनिक भएकाले जंगबहादुर घोडचढीका निकै सौखिन थिए । उनी पठ्नेतिर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुदमा बढि ध्यान दिने दिन्थे ।
 
२. उनी जहाँ जाता पनि घोडामै सवार हुन्थे । जहाँ पुगेपनि शिकार खेल्ने मूडमा हुन्थे । त्यसैले उनी गोला बारुद र बन्दुकको सम्पूर्ण बन्दो बस्त गरेर हिड्थे । शिकारी मानसिकता भएकै कारण उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए ।
 
३. जंगबहादुर १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सिमाना देखि काठमाडौंसम्म १ सय ९ माइल लामो यात्रा निरन्तर घोडामा गरेका थिए । उक्त यात्रामा १२ वटा घोडा बदलेका थिए ।
 
४. जंगबहादुरको पालामा देशमा करिव करिव तीन थरी शासन चलेको थियो । राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थालेका थिए । त्यही चरबाट उनी देशको मुख्य शासन आफ्नो हातमा लिन सफल भए ।
 
५. एकदिन दरबारको जग्गा कमाउने किसानहरुले तुसारोको कारण बाली नष्ट भएकाले त्यस बर्षको तिरो र मालपोत मिनाहाको विषयमा मन्त्रिपरिषदमा विवाद भयो । त्यसबेला उनी मन्त्री परिषदको सदस्य थिए । प्रधानमन्त्रीले सो विषयमा उचित कदम चाल्न नसकेपछि जंगबहादुरले त्यसको विरोध गरेका थिए ।
 
 
त्यसपछि मामा–भाञ्जा (माथवर र जंगबहादुर) बीच चर्को भनाभन चल्यो । जंगले भने–‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो ।
 
६. बेलायतको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् जंगबहादुर राणा । त्यसबेला अहिले जस्तो हवाईजहाजबाट सजिलै पुग्नसक्ने अवस्था थिएन । त्यसबेला उनी भारतको बाटोहुँदे गएका थिए । उनी बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री मात्रै नभएर एक वर्षसम्म त्यही बस्ने नेपाली प्रधानमन्त्री पनि थिए ।
 
७. जंगबहादुरको भ्रमणमा निस्केको टोलीले चिसापानीगढीको बाटो हुँदै पत्थरघट्टा पुगेको थियो । जहाँ उनीहरुले १५ दिनसम्म बाघ र हात्तीको शिकार गरेर बसेको थियो ।
 
८. जंगबहादुर बेलायत जानेबेला पानी जहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको विरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौं सम्मलाई पुग्ने दाल, चामलपनि साथै लगेका थिए ।
 
९. बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृश्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दलले आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएका जाँदा बेलायतीहरु रमिता मानेर हेर्थे ।
 
१०. जंगबहादुर नेपालबाट निस्किएको चार महिनापछि बेलायत पुगेका थिए । पछि उनी फर्कदाँ नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव प्रसस्त बोकेर फर्किए ।