थाहा पाइराख्नुहोस् सगरमाथाको बारेमा दश रोचक तथ्य

भाद्र २९,२०७५

-

२९ भदौ, २०७५ काठमाण्डौ l
 
 
समुन्द्री सतहदेखि आठहजार, आठसय, ४८ मिटर (२९,०२८ फीट) अग्लो सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ ।
 
सगरमाथालाई विभिन्न नाम दिने गरेको पाईन्छ । तिब्बती भाषामा यसलाई चोमोलुङ्गमा भन्ने गरिन्छ भने स्थानीयबासीहरु (विशेष गरी थुलुङहरु) ले सगरमाथालाई चोमोलुङ भन्दछन् l सगरमाथालाई सन १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जोर्ज एभरेष्टको नाममा ‘माउन्ट एभरेष्ट’ नामाकरण गरिएको थियो ।
 
सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११ः१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।
 
सगरमाथाको बारेका रहेको केही तथ्यहरु यस्ता रहेका छन्-
 
१. सगरमाथाको चुचुरोमा पुग्नको लागी १८ अलग-अलग बाटोहरु छन् ।
 
२. २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाई १ इन्च  घटेको छ ।
 
३. सगरमाथामा चढ्नको लागी यसअघि १५ लाख रुपैयाँ तिर्नु  पर्थ्यो भने अहिले लगभग सात लाख मात्र तिर्नु पर्दछ ।
 
४. सगरमाथाको चुचुरोमा हावाको गति ३२१ किलोमिटर प्रतिघण्टा सम्म हुनसक्छ ।
 
५. सगरमाथाको चुचुरोमा तापक्रम –८० डिग्री फोरेनहाइट सम्म हुन्छ ।
 
६. पछिल्लो ४२ वर्षमा सन् २०१५ बाहेक हरेक वर्ष सगरमाथामा कोही न कोही पुगेका छन् ।
 
७. सन् २००८ देखी २०११ सम्म सगरमाथामा चलार्ईएको सफाई अभियानमा ४०० किलोग्राम फोहोर निकालीएको थियो ।
 
८. बि. सं. २०१२ मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् साथै उनले सगरमाथाको स्थानीय नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।
 
९. सामान्य अवस्थामा सगरमाथाको चुचुरोबाट तल झर्न ३ दिन लाग्छ तर सन् २०११ मा दुई नेपालीहरु प्याराग्लाईडिङको  सहायताले  ४८ मिनेटमा तल झरेका थिए ।
 
१०. सगरमाथाको अंग्रेजी नाम माउन्ट एभरेष्ट  सन्  १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जोर्ज एभरेष्टको नाममा नामाकरण गरिएको थियो । उनले १३ वर्ष लगाएर  सबैभन्दा अग्लो चुचुराको सर्वेक्षण गरेका थिए ।