चरा चुरुंगीले आत्महत्या गर्ने अनौठो ठाउँ

भाद्र १२,२०७५

-

१२ भदौ, २०७५ एजेंसी l
 
 
भारतमा एउटा यस्तो गाउँ छ, जुन चराचुरुंगीको आत्महत्याका लागि चर्चित छ । जब सेप्टेम्बर महिना सुरु हुन्छ भारतको दक्षिणी असमस्थित दिमा हाँसो जिल्लामा पर्ने जतिंगा गाउँको चर्चा सुरु हुन्छ ।
 
वास्तवमा अक्टोबर देखि नोभेम्बर सम्म कृष्णपक्षको रातमा त्यहाँ अनौठो घटना हुन्छ । बेलुकी ७ बजेदेखि रातको १०, साढे १० बजेको बीचमा यदि आकासमा बादल लाग्यो, हावाको रफ्तार तीव्र भयो र कसैले कहीँबाट बत्ती बालिदियो भने चराहरुको आत्महत्या सुरु हुन्छ । चराको झुण्ड किटपतंग जस्तै गरी बत्तीमाथि बज्रिन्छन् ।
 
आत्महत्याको यो दौडमा स्थानीय तथा फिरन्ते गरी ४० प्रजातिको पंक्षी सामेल हुन्छन् । उक्त ठाउँमा आएका आप्रवासी चराहरु फर्केर जाने सम्भावना निकै कम हुन्छ । यो गाउँमा रातमा प्रवेश गर्न बाहिरी मानिसरुलाई प्रतिबन्ध लगाइएको छ ।
 
जातिंगा गाउँ असमको बोरेल पर्वतमा अवस्थित छ । यहाँ निकै धेरै वर्षात् हुनुका साथै बादल तथा बाक्लो धुँधीले आकाश ढाकिएको हुन्छ । गहिरो उपत्यका हुनुका कारणले जातिंगामा जब ठूलो वर्षा हुन्छ र चराचुरुंगीहरु यहाँबाट उड्ने कोसिस गर्दछन् तब उनीहरुको प्वाँख समेत सबै जिउ भिज्न पुग्दछ । यसरी उच्च वर्षाका कारण सबै भिजिसकेपछि चराचुरुंगीहरु उड्न गाह्रो हुन्छ र कतिपय अवस्थामा भुइँमा खस्दछन् ।
 
त्यस्तै यो गाउँको आसपास बाँसको घना जंगल छ । अँधेरो रात तथा हुस्सु लागेको बेलामा चराचुरुंगीहरु उड्ने बेलामा बाँसमै ठोक्किएर पनि दुर्घटनामा पर्दछन् । बेलुकीपख आफ्नो फर्किँदै गरेका पंक्षीहरु बाँसमा ठोक्किएर दुर्घटनामा पर्ने घटना धेरै हुन्छन् ।
 
अँध्यारो तथा हुस्सु लागेको रातमा यति गाउँमा कसैले बत्ती बालिदियो भने चराचुरुंगीहरु उज्यालो खोज्दै जाँदा सोही बत्तिमाथि बज्रिने गर्दछन् पनि ।यसरी गाउँमा प्राकृतिक प्रकोपका कारण वर्षेनी ठूलो संख्यामा चराचुरुंगीहरु मर्ने गर्दछन् ।