सेक्सबाहेक यी महत्वपूर्ण काममा गरिन्छ कण्डमको प्रयोग !

भाद्र २५,२०७५

-

२५ भदौ, २०७५ काठमाण्डौ l
 
कण्डम परिवार नियोजनको अस्थायी साधन हो । यसको प्रयोगले यौनजन्य रोगहरु लाग्नबाट बचाउँछ । विशेषगरी युवापुस्ताले यौनसम्पर्कको बेला यसको प्रयोग गर्ने गर्छन् ।
 
नेपालमा स्वास्थ्य चौकीहरुमा कण्डम निशुल्क पाइन्छ । तर, अधिकांश मानिसहरु कण्डमलाई सेक्सको समयमा मात्र प्रयोग गर्छन् । सेक्सबाहेक कण्डम धेरै कामका लागि प्रयोग हुन्छ ।
 
त्यस्तै आज हामी तपाईलाई कण्डमको उपयोगिताबारे जानकारी गराउन गइरहेका छौं ।
 
पानी भण्डारणका लागि 
 
यदि तपाई पानी भण्डारण गर्न चाहनुहुन्छ भने प्रयोग नगरिएको कण्डमको सहयोग लिन सक्नुहुन्छ । कण्डममा तपाईले दुईदेखि पाँच लिटरसम्म पानी भण्डार गर्न सक्नुहुन्छ । तपाई यात्राका लागि टाढा जाँदा अन्य भाँडा अभाव भएको अवस्थामा यसको प्रयोग गर्दै फाइदा लिन सक्नुहुन्छ ।
 
ट्वाइलेटमा खसेको सामान निकाल्न
 
ट्वाइलेटमा कहिलेकाहीँ हामीले बोकेका सामानहरु खस्छ । त्यस्तो अवस्थामा हामीसँग तत्कालै पञ्जा पनि हुँदैन । ट्वाइलेटबाट सामान निकाल्न कण्डमलाई हातमा लगाएर खसेको सामान निकाल्न सकिन्छ । यसको प्रयोगले तपाईको हात पनि फोहोर हुन्न र सामान पनि निस्कन्छ ।
 
घडी वा फोन जोगाउन
 
जब भारी वर्षा हुन्छ, हामीमा एउटा डर हुन्छ( मोबाइल र घडी भिज्नबाट कसरी जोगाउने ?
ब्याग होस् या गोजी यी सामानलाई पानीले भिजाइछाड्छ । त्यस्तो अवस्थामा मोबाइल वा घडीलाई कण्डमभित्र हाल्नुहोस् । भिज्दैन ।
 
आगो बढाउन
 
कण्डमले छिटो आगो टिप्छ । यदि तपाई जंगलमा फस्नुभयो र तपाईसँग सलाई वा लाइटर केही छ भने कण्डमको प्रयोग गर्दै आगोलाई चाँडो बिस्तार गर्न सक्नुहुन्छ । जाडो महिनामा आगो सल्काउन गाह्रो हुन्छ, यस्तो बेला तपाईले कण्डम प्रयोग गर्दा राम्रो ।
 
खुट्टा जोगाउन
 
वर्षायाममा खोलामा बाढी आउँछ । खोला तर्न मुश्किल हुन्छ । खुट्टा पानीमा नडुबाई हुँदैन । यदि तपाईसँग कण्डम छ र खुट्टा भिजाउन मन छैन ढुक्क हुनुस् । खुट्टामा कण्डम लगाउने र जुत्ता लगाउने गर्दा जुत्ता भिजे पनि तपाईको खुट्टामा एक थोपा पनि पानी पर्दैन ।
 
खाना बनाउन
 
कण्डमको प्रयोगले खाना बनाउन सकिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, खाना बनाउन यसको प्रयोग राम्रैसँग हुन्छ । यसका लागि कण्डममा मासु हालेर पानीमा उमाल्नुहोस् । तर, पानीलाई एकैछिन मात्र उमाल्नुपर्ने हुन्छ । नत्र कण्डम पनि फुट्ने सम्भावना हुन्छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यसको प्रयोग पनि बढ्दो छ ।
 
कोल्ड प्याक बनाउन
 
कण्डमबाट कोल्ड प्याक बनाउन निकै सजिलो छ । यसका लागि तपाईले कण्डममा पानी भरेर डि फ्रिजमा राख्नुपर्ने हुन्छ । केही घण्टापछि कोल्ड प्याक बन्छ । जसलाई तपाईले दुखेको ठाउँमा लगाउन सक्नुहुनेछ ।