मान्छेको पनि सिङ !

भाद्र १२,२०७५

-

१२ भदौ, २०७५ काठमाण्डौ l
 
 
मान्छेको पनि सिङ हुन्छ भन्दा पत्याउन गार्हो लाग्ला । सुन्दा पत्यार नलाग्ने यस्ता कुराहरु प्राय: कमै मात्र देख्न र  सुन्न पाइने हुन्छन् ।
 
डाक्टरहरुका अनुसार पुरुषहरुमा ५५ वर्ष उमेर पुगेपछि र महिलाहरुमा ६५ वर्ष उमेर भएपछि कुनै कुनै व्यक्तिहरुमा यस्तो घटना हुने गर्दछ ।
 
हंग युंफां, ८४ बर्षका भए, २ वर्ष अघि देखि उनको टाउकामा सिङ उम्रेको थियो । हाल ३ इन्च लामो भै सकेको छ । अझै बढ्न रोकिने कुराको संकेत छैन । ज्हंग रुइफंग नामक यी हजुर आमाको बाया पट्टिको निधारमा ६ सेन्टिमिटर लामो सिङ आएको छ भने दाया भागमा आउने क्रम सुरु भएको छ । यसरी सिङ आएकोमा परिवार निकै चिन्तित भएका छन् । कहिले कहिँ सोचेको कुरा पनि सहि बन्न जान्छ, यसको राम्रो उदाहरण हुन् । सलेह तालिब सलेह सोच्ने गर्दथे कि उनको पनि सिङ उम्रियोस, साच्चै नै एक दिन ७८ बर्सको उमेरमा उनको टाउकामा सिङ आउन थाल्यो ।
 
यमन निबासी उनले मिडिया सामु आफ्नो सिङ को बारेमा भने ” खै कसरि आयो, मैले कहिले काहि सोचेको थिए मेरो सिङ आओस भनेर , साच्चै आयो यो अल्लाह को मलाई उपहार हो । “ एकपटक उनको सिङ भाँचियो तर फेरी आयो । ६९ बर्षिय यी महिलाको ठेगाना र नाम भने गोप्य राखिएको छ ।