Trending :
 

दमौली अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान

आषाढ ०९,२०८१

-आस्था न्यूज

असार ९, २०८१ काठमाडौं ।
संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको छ । 
 
कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । 
 
अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले  जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।