माघ ९, २०८० काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सरकारले लागु गरेको पूर्ण खोप कार्यक्रम अगाडि बढ्न नसकेको बताएका छन् । राष्ट्रिय दादुरा–रुबेला खोप अभियानको उच्चस्तरीय बैठकमा बोल्दै उनले पूर्ण खोप कार्यक्रम ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पुरा नहुने बताए ।