मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माग

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विनियोजित बजेटको कुल २२ प्रतिशत बजेट खर्च गरेको छ । 
 
बुधबार आयोजित १४औँ नगरसभामा नगरप्रमुख लब श्रेष्ठले नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको एक अर्ब १३ करोड पाँच लाख ४३ हजार बजेट मध्ये पुस २४ गतेसम्म चालुतर्फ २७ र पूँजीतर्फ १२ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । 
 
नगरपालिकाबाट स्वीकृत भएका ठूला सानागरी तीनसय ५१ वटा योजना र कार्यक्रम मध्ये एकसय १२ वटा योजना सम्झौता भई कार्यान्वयनमा गएकोमा ४१ वटा योजनाको काम सम्पन्न भइसकेको उनले बताए ।
 
नगरपालिकाका यस वर्षका दुईसय ३९ वटा योजना सम्झौता हुन बाँकी रहेका उनले जानकारी दिए । नगर र वडा साझेदारीका योजनामध्ये पाँचवटा योजना ठेक्का सम्झौताको चरणमा रहेका अन्य योजना बोलपत्र आह्वानको चरणमा हरेको उनले बताए । 
सभामा नगरप्रमुख श्रेष्ठले आन्तरिक राजश्व तर्फ ४ करोड ४३ लाख आम्दानी हुने अपेक्षा राखिएकोमा एककरोड ३२ लाख ९५ हजार रुपैंयाँ राजश्व संकलन भएको जानकारी दिए ।
 
नगरपालिकाको मुख्य आम्दानीको स्रोत ढुंगा, गिटी, बालुवा ठेक्का लाग्न नसकेको कारण सोचेअनुसारको राजश्व उठ्न नसकेको बताए । ढुंगा, गिटी बालुवा, नगरपालिकाका व्यावसायिक भवन तथा पार्कहरु ठेक्कामा लगाउने प्रक्रियामा रहेका उनले बताए । 
 
नगरपालिका भित्र सञ्चालनमा रहेको ७६ वटा विद्यालय मध्ये ४१ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्त गरेको, नगरका २४ वटै स्वास्थ्य संस्थामा नेपाल सरकारको मापदण्ड अनुसार निःशुल्क उपचार सेवा प्रवाह गरेको, नगर अस्पतालमा १५ शय्या सञ्चालन गरी विभिन्न परीक्षण तथा उपचार सेवा प्रवाह गरेको, गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल आउन जान र काठमाडौं रिफर गर्नुपरेको अवस्थामा समेत निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको तथा छोरीको जन्मलाई प्रोत्साहन गर्न सन्तति बचत प्रोत्साहन कार्यक्रम लागु गरिएको श्रेष्ठले बताए ।