स्वास्थ्य खबरः डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या ?
-आस्था न्यूज
पुस २७, २०८० काठमाडौं ।
डिप्रेसन (अवसाद) बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ ।
डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरुले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ ।
त्यस्ता पीडित व्यक्तिले उपचार पाएपनि आत्महत्याको बाटो रोजेको अध्ययनबाट थाहा भएको उल्लेख छ । पीडित २१० व्यक्तिहरूको अध्ययनपछि प्राप्त तथ्यांकको बृहत् विश्लेषणले यस्तो नतिजा देखाएको बताईएको छ ।
फाउन्डेसनले सन् २०१५ देखि २०२२ सम्ममा परिवारका सदस्य र सहकर्मीसँग अन्तर्वार्ता लिई आत्महत्याको कारण पत्ता लगाउने र सुसाइड नोटको विश्लेषण गरी मनोवैज्ञानिक पोस्टमार्टममार्फत तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।
औषधि उपचार पाएपछि पनि ६ महिनाभित्र ५४ र एक वर्षभित्र ८१ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ ।
व्यवसायिक रुपमा असफल भएर आर्थिक तनावमा परेका व्यक्तिहरूले डिप्रेसन उपचारदेखि मृत्युसम्मको छोटो अवधिमा तनाव भने नभोगेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
पीडितहरुले अवसादको लक्षणहरू देखिएपछि मृत्यु हुनुभन्दा तीन महिना अघि निद्रामा कठिनाइ भोगेको पनि बताईएको छ ।
‘यी निष्कर्षहरूलाई सम्बोधन गर्न, अवसादको लागि निरन्तर प्रारम्भिक हस्तक्षेपको लागि वातावरण स्थापना गर्न महत्वपूर्ण छ,’ अध्ययनमा संलग्न विज्ञहरुले सिफारिस गरेका छन् ।
अन्वेषकहरूले पीडितहरुको प्राथमिक हेरचाह गर्ने चिकित्सकहरूको लागि आत्महत्या शिक्षा र तालिम जस्ता उपायहरू लागूगर्न र डिप्रेसन क्लिनिकहरूमा बिरामीहरूलाई जोडेर एन्टीडिप्रेसेन्ट पे्रस्क्रिप्शनहरूको तुरुन्त स्वीकृति प्रदान गर्न सुझाव दिएका छन् ।