फागुन १८, २०८० काठमाडौं । कुनै बेला देशमा उत्पादित आयुर्वेद औषधिको ८० प्रतिशत हिस्सा ओगटेको सिंहदरबार वैद्यखानाको व्यापार यतिबेला ठप्प जस्तै छ । सरकारी स्वामित्वमा रहेको एक मात्र आयुर्वेदिक औषधि उद्योग वैद्यखानालाई सरकारले नै बेवास्ता गर्न थालेपछि उत्पादन र व्यापार दुवै संकटमा परेको छ । जडीबुटीको क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालमा देशकै सबैभन्दा पुरानो औषधि उत्पादन गर्ने वैद्यखाना बन्द हुने अवस्थामा पुग्न लाग्दा पनि सरकारको ध्यान गएको छैन । वैद्यखानामा राजनीतिक हस्तक्षेप र पटक–पटक नेतृत्