मोरङको विराट शिक्षण अस्पतालको छुट्टै क्यान्सर इन्ष्टिच्युट सञ्चालनमा

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं । 
मोरङको बुढीगंगा गाउँपालिका(२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले ‘विराट क्यान्सर इन्ष्टिच्युट’ सञ्चालनमा ल्याएको छ ।
 
करिब चार अर्ब लागतमा एक सय बेडको क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।
 
रेवन्त-रूपमणी फाउन्डेसनबाट सञ्चालित इन्स्टिच्युटको क्यान्सर दिवसको अवसर पारेर कांग्रेस नेता डाक्टर शेखर कोइरालाले उद्घाटन गरेका हुन् ।
 
विराट मेडिकल कलेजका १२ सय शैय्यामध्ये १०० शैय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराटका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।
 
रेवन्त–रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सस्तो मूल्यमा गर्ने कार्कीको दाबी छ ।
 
क्यान्सरको उपचार  र शल्यक्रियाका लागि आधुनिक प्रविधिको रेडिएसन पद्दतिद्वारा क्यान्सरको उपचार गर्ने उनले बताए ।
 
क्यान्सरका बिरामी चितवन र विदेश जान नपर्ने डा कार्कीको भनाइ छ ।