कोशी प्रदेशका करिब ९ लाख बालबालिकालाई दादुरा-रुबेला खोप लगाइने

फाल्गुण ११,२०८०

-आस्था न्यूज

फागुन ११, २०८०  काठमाडौं ।
कोशी प्रदेश १४ वटै जिल्लामा गरी करिब ९ लाखजना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ ।
 
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाएको छ ।
 
दुई चरणमा गरी बालबालिकाहरुलाई दादुरा-रुबेलाको खोप लगाइने जानकारी निर्देशनलयले दिएको छ ।
 
त्यस क्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका ८ लाख ९३ हजार ९ सय ३४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
 
स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले पहिलो र दोस्रो चरण गरी चैत ७ गतेसम्म ८ हजार ३ सय ६४ खोप केन्द्र मार्फत् खोप लगाउने अभियान सञ्चालन हुने बताए ।