Trending :
 
स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

काठमाडौँ महानगरमा स्वास्थ्य बीमाका लागि २४ प्रथम सेवा विन्दु

पुस १३, २०८० काठमाडौं । काठमाडौँ महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा तोकिएको बताउनुभयो ।