वजन घटाउनका लागि शाकाहारी खानाको सेवन

पौष ०७,२०८०

-आस्था न्युज

पुस ७, २०८० काठमाडौं ।
हामीले खाने खानेकुराले पोषण त दिन्छ, तर कहिलेकाहीँ भने बिरामी पनि बनाउँछ । हाम्रो स्वादे जिब्रोले चट्याकचुटुक र मसालेदार खानेकुरा खाने जब बनाउँछ, समस्या त्यहीँबाट सुरु हुन्छ । हाम्रो समाजमा मासुलाई विशेष परिकारका रुपमा मानिन्छ । चाडबाड, खुसियाली र भोजभतेरमा एकैचोटि वा एकै दिनमा धेरै मासु खाने चलन छ । हामीले यो बुझ्नुपर्छ,एकैचोटि धेरै मासु खाए भने हाम्रो शरीरलाई हानी गर्दछ ।
 
चिल्लो बढी पाइने रातो मासु (खसी, बोका, राँगा, बंगुर आदि) सँग अन्न (कार्बोहाइड्रेट) धेरै खाए शरीरमा धेरै बोसो जम्मा हुने गर्दछ । त्यसैले तौल नियन्त्रण गर्न चाहनेले अन्न र चिल्लोको मात्रा नघटाई सुख छैन । 
 
यसकारण हाम्रो शरीरका लागि सागपातजन्य खानेकुरा नै सर्वोचतम मानिन्छ । किनभने साधारण मानिसको तौल शाकाहारी खानाको समिश्रणले कम हुने गरेको एक अध्ययनको निष्कर्ष छ । यस्ता खानेकुराले इन्सुलिनको मात्रा घटाउने तथा चयापचाय शक्ति बढाउने बताइएको हो ।
 
अन्न र फलफूलको सेवन प्रभावकारी मासु, मिठाई, विभिन्न तेलहरु वजन बढाउन तत्पर हुन्छन् । हामीले कुन कुरा खाँदा वजन घट्छ भनेर जान्न पर्ने बिज्ञहरुको भनाइ छ । खानेकुराको सन्तुलित आहार नजान्दा मोटोपन हुने उनीहरु बताउँछन् ।
 
सागपातजन्य खानाको मात्रा मिल्दा सन्तुलित हुने र चिल्लो पदार्थको सेवनको रोकले साधारणतय मानिसको तौल घट्ने बताइने गरिन्छ ।
 
विउजन्य खानेकुराको असर
सुपारी, ओखर, बदाम, फलफुल, तरकारी, धान, जौं, गहुँ, फापर, कोदो, चिया, कफि र तेलहरु को सेवन स्वस्थ्य हुने वैज्ञानिकहरुको तर्क रहेको छ । तरकारीमा फाइवरको मात्रा हुने भएको कारण पाचनयुक्त हुन्छ । त्यस्तै ब्रोकाउली मस्तिष्कका लागि सर्वोत्तम मानिन्छ ।फलफूलमा पाइने एण्टीअक्सिडेन्ट र एसिडहरु अर्वुद रोग निवारक हुने बताइन्छ ।सुपारी जन्य विउमा भिटामिन बी को मात्रा बढि हुने तथा महत्वपूर्ण पदार्थ कपर र म्यागनिज पाइन्छ ।
 
धेरै प्रसोधन नगरीएका र चिनीयुक्त खानेकुरा जस्तैःवर्गर तथा चिल्लो पदार्थ नखानु वेस हुन्छ । त्यसो त वनावटी खानाका पारखी हामी आफै भएका छौं । यो हामीलाई मीठो लाग्छ ।तरकारीमा भएको चिल्लो पदार्थमा ओमेगा–६ पाइन्छ जसकारण लामो समय बाच्न शक्तिवर्दक हुने जानकारहरु बताउँछन् । सागपात जन्य खानेकुरा मधुमेह रोगका विरामीलाई फाइदाजनक हुने समेत बताइन्छ ।
 
सागपात जन्य, जंक फुड
उच्च प्रसोधन गरिएका खानेकुरा जसमा धेरै क्यालोरी मिसिएको हुन्छ, चिनी, नून, चिल्लो पदार्थ, तथा पौष्टिक तत्व बढि हुन्छ त्यस्ता खानेकुरालाई जंक फुड भनिन्छ । जस्तैःपाउरोटी, कार्बोन मिसिएका पेय पदार्थ , विभिन्न खाद्यपदार्थ मिसिएका दुग्ध पदार्थ, दाल केराउ हरु, चाउचाउ, सुपहरु आदि खानेकुराले हाम्रो शरीरलाई पक्कै असर गर्छ ।