वीर अस्पतालमा क्यान्सर उपचारका लागि टोमोथेरापी सञ्चालनमा

पौष ०८,२०८०

-आस्था न्युज

पुस ८, २०८० काठमाडौं ।
वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि अत्याधुनिक टोमोथेरापी मेसिन सञ्चालनमा ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो ।
 
अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा। भुपेन्द्र बस्नेत जानकारी दिए । उनले भने, ‘क्यान्सरका लागि उपचार गर्न बिरामीले निजी अस्पतालमा लाखौं खर्च गनुपर्थ्यो । अब गरिब बिरामीले यो सेवा निःशुल्क सेवा पाउनेछन् ।’
 
टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो ।