भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना

मंसिर २७,२०८०

-आस्था न्युज

मंसिर २७, २०८० काठमाडौं ।
भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो ।
 
प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो । भविष्यमा सेवा विस्तार गरिने उहाँको भनाइ छ । प्रसूति सेवा केन्द्र स्थापनापछि मातृ मृत्युदर र शिशु मृत्युदर घट्ने उहाँको विश्वास छ । 
 
सेवा सञ्चालन गर्न दुई अनमी र दुई अहेबको दरबन्दी सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । विगतमा  यहाँका नागरिकलाई प्रसूति सेवा लिन टाढा टाढाका स्वास्थ्य संस्था धाउनु पर्दथ्यो । वडामै प्रसूति सेवा केन्द्र स्थापनाले सेवा लिन सहज भएको स्थानीयले बताएका छन् । रासस