Trending :
 
स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क वितरण गर्ने

मंसिर १९, २०८० काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट निःशुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिनुभयो ।