न्याम्समा नर्स र पारामेडिक्सका ६३ दरबन्दी थप

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ । आज सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो ।
 
 केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन चार, प्लम्बर छ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ । न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको जनाइएको छ ।
 
बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर ९एक्सरे गर्ने० पाँच, एनेस्थेसिया सहायक पाँच, ल्याब टेक्निसियन ९पाँचौँ तह० पाँच जनाको दरबन्दी स्वीकृत गरेको प्रतिष्ठानले जनाएको छ ।