कलेजो प्रत्यारोपण गर्नुपर्ने भए सहयोगको पहल हुन्छः स्वास्थ्यमन्त्री

मंसिर ०९,२०८०

-आस्था न्युज

मंसिर ९,२०८० काठमाडौं । 
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राष्ट्रिय ट्रमा सेन्टर अस्पतालका बिरामीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।
 
उनले आज ट्रमा सेन्टरको १०औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गरेपछि उक्त अस्पताल पुगेर बिरामीहरुको बारेमा जानकारी लिएका हुन् । 
 
त्यस क्रममा उनले मृगौलाका बिरामीहरुलाई कलेजो प्रत्यारोपण गर्नैपर्ने भएमा आवश्यक पहल गर्न तयार रहेको भन्दै विपन्नहरुले पैसा नभएको कारणले समस्या भोग्न नपर्ने बताए । 
 
उनले भने, ‘कलेजो प्रत्यारोपण गर्ने मात्रै विकल्प हुन सक्छ, त्यसको व्यवस्था नेपालमा पनि सुरु भइसकेको छ । कलेजो प्रत्यारोपण गर्नैपर्ने भयो भने हाम्रो तर्फबाट गर्नुपर्ने पहल गर्नेछौ । विपन्नहरुले पैसा नभएको कारणले यसमा समस्या नपरोस् ।’