मकवानपुरको विकट गाउमा बर्थिङ सेन्टर’ सञ्चालनमा

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलो दिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गराएका थिए । 
 
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुुभारम्भ गर्नुहुँदै चेपाङ र तामाङ समुदायका महिलालाई लक्षित गरेर  सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । 
 
सो सेन्टरमा हेटौँडा अस्पतालका डा विदुर भण्डारीले पनि सेवा प्रदान गर्नुहुने जनाइएको छ । गाउँपालिकाको स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर सञ्चालन भइसकेको जानकारी दिनुभयो ।