तिलगंगाा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस मनाउने

कार्तिक २१,२०८०

-आस्था न्यूज

कात्तिक २१, २०८० काठमाडौं ।
तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक १८ गतेदेखि २५ सम्ममा मधुमेहको असरको संचेतनाका लागि साताव्यापी कार्यक्रम आयोजना गरेको छ । 
 
विश्व मधुमेह दिवस २०२३ नोभेम्बर १४ को मूल नारा ‘जोखिम बुझौं सजगता अपनाऔं’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरेको अस्पतालले जानकारी गराएको हो । 
 
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार प्रत्येक १० मध्ये एक मानिसलाई मधुमेह हुनसक्छ भने कम आयस्रोत भएका राष्ट्रहरुमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुने गरेको पाइन्छ । 
 
विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १०.५ प्रतिशत वयस्क जनसंख्यामा मधुमेह हुने भए पनि त्यसमध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाईन्छ ।  
 
बिरामी सचेतनाका लागी अस्पताल भित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिदैछ भने अस्पताल परिसरमा सचेतनामूलक सामग्रीहरु प्रेषित गरिएको छ ।