Trending :
 

यी हुन् ओली सरकारमा नवनियुक्त मन्त्रीहरु

आषाढ ३१,२०८१

-आस्था न्यूज

असार ३१, २०८१ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको  मन्त्रिपरिषद्मा ११ जना नयाँ मन्त्रीले मौका पाएका छन् । नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना नयाँले अवसर पाएका हुन् । 
 
कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, तेजुलाल चौधरी, बद्री पाण्डे, अजयकुमार चौरासिया र ऐनबहादुर शाही (ठकुरी) मन्त्री बनेका छन् । देउवा परराष्ट्र, पौडेल स्वास्थ्य, पाण्डे पर्यटन, चौरासिया कानुन र शाही बन मन्त्री बनेका छन् । 
 
यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।
 
दाहाल भौतिक, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता सामान्य प्रशासन मन्त्री बनेका छन् ।