Trending :
 

नयाँ सरकार गठनको आह्वानअघि राष्ट्रपतिद्वारा कानुनविद्सँग परामर्श

आषाढ २८,२०८१

-आस्था न्यूज

असार २८, २०८१ काठमाडौं ।
सरकार गठनको आह्वानअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई छलफलमा बोलाएका छन् । उनले शुक्रबार अपराह्नका लागि वरिष्ठ अधिवक्ता, संविधानविद्लगायतलाई छलफलमा बोलाएका हुन् । 
 
संविधानविद् भीमार्जुन आचार्यले आफूलाई पनि राष्ट्रपति कार्यालयबाट बोलावट भएपनि नगएको बताए । नयाँ सरकार गठनका लागि कुन धाराको प्रयोग गर्ने भन्ने विषयमै राष्ट्रपतिले परामर्श गर्न चाहेको बुझेको उनको भनाइ छ । तर, उनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले संविधानको धारा ७६ (२) वा ३ जुन प्रयोग गरेपनि फरक नपर्ने तर्क गरे ।
 
प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । तर, कुन धारा अनुसार गर्ने भन्नेबारे स्पष्ट हुन राष्ट्रपतिले कानुनविद्लाई बोलाएको शीतल निवास स्रोतको भनाइ छ ।