Trending :
 

कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउने प्रधानमन्त्री ओलीको निर्णय

आषाढ ३१,२०८१

-आस्था न्यूज

असार ३१, २०८१ काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै क्रिकेट रङ्गशालाबारे निर्णय गरेका हुन् ।
 
कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।