Trending :
 

भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा सरकार ढालियोः रवि लामिछाने

आषाढ २८,२०८१

-आस्था न्यूज

असार २८, २०८१ काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको बताएका छन् ।
 
शुक्रबार प्रतिनिधि सभामा बोल्ने क्रममा लामिछानेले भने, ‘फाइल खोल्छु भनेको थिइस् खै फाइल खोलेको? एक सांसदले भन्नुभएको थियो । फाइल खोलेको २४ घण्टा नहुँदै सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल ?’
 
वर्तमान सरकार ढल्नुमा बच्चा–बच्चालाई जानकारी भएको लामिछानेले दाबी गरे । बेचन झा र प्रतीक थापा पक्राउ परेसँगै सरकार ढालिएको उनको दाबी छ ।