Trending :
 

प्रधानमन्त्रीमा आज ओलीको दाबी मात्रै पेस हुने, शपथ भोली बिहान

आषाढ ३०,२०८१

-आस्था न्यूज

असार ३०, २०८१ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्।
 
शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल निवासले जनाएको छ । हालसम्म प्रधानमन्त्रीमा ओलीको मात्र दाबी पेस भएको छ ।
 
संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रवार साँझ ओलीले दाबी पेस गरेका थिए। राष्ट्रपतिले दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मका लागि समय सीमा दिएका छन् ।
 
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले प्रधानमन्त्रीको नियुक्ति दाबी पेस गर्न दिइएको समय सीमा सकिएपछि हुने र नियुक्तिपछि शपथ तय हुने जानकारी दिए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो ।
 
गत असार १७ गते मध्य राति कांग्रेस-एमालेबिच भएको समझदारीले दुई दललाई एक ठाउँमा ल्याएको छ । तर, सहमति अझै गुपचुप राखिएको छ । 
 
ओली चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि २०७२ साल असोज २५, २०७४ फागुन ३ र २०७८ सालमा प्रधानमन्त्री बनेका थिए ।