Trending :
 

भारतीय लोकसभा चुनावको नतिजा आज सार्वजनिक हुने

जेठ २२,२०८१

-आस्था न्यूज

जेठ २२, २०८१ काठमाडौं ।
भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने भएको छ । यससँगै भारतमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो लाग्नेछ ।
 
सबै ५४२ लोकसभा सिटहरूको मतगणना आज बिहान ८ बजे सुरु हुनेछ। पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ । कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ । 
 
प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६।८ करोड दर्ता भएका मतदातामध्ये ६४।२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताएका थिए ।
 
जसमध्ये महिला मतदाताको सङ्ख्या ३१।२ करोड रहेको छ । औसतमा कुल मतदान ५८ दशमलव ५८ प्रतिशत भएको छ । राजीव कुमारकाअनुसार यस सम्पूर्ण प्रक्रियामा १।५ करोड चुनावी कर्मचारी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। १७ औँ लोकसभाको कार्यकाल १६ जुनमा सकिँदै छ।