Trending :
 

भारतको मिजोरममा आएको पहिरोमा परी २७ जनाको मृत्यु

जेठ १६,२०८१

-आस्था न्यूज

जेठ १६, २०८१ काठमाडौं ।
भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो ।
 
मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ, ‘आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्तिमा पनि असर पर्ने विभागको भनाई छ ।
 
‘मिजोरमका मुख्यमन्त्रीले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ। पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।
 
चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ। मिजोरमका प्रहरी महानिर्देशक (डीजीपी) अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू पनि ढलेको जानकारी दिएका छन्।