Trending :
 

कागजात नभएका अमेरिकाका आप्रवासी पति/पत्नीलाई कानुनी मान्यता दिने बाइडेनको घोषणा

आषाढ ०४,२०८१

-आस्था न्यूज

असार ४, २०८१ काठमाडौं ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकका गैरकाकानुनी रुपमा बसिरहेका पतिरपत्नीहरूलाई कानुनी मान्यता दिने नीति घोषणा गर्ने भएका छन् ।
 
राष्ट्रपति निर्वाचनमा आप्रवासीहरूको मत समेत ठूलो प्रभावी हुने भएकाले चुनाव अघि नै बाइडेनले उनीहरूको सहानुभूति प्राप्त गर्न यो नीति ल्याउने लागेका हुन् ।
 
यो नीति घोषणा भएपछि अमेरिकी नागरिकका ५ लाखभन्दा बढी पतिरपत्नीहरू र साथै २१ वर्ष मुनिका ५० हजार युवाहरूले लाभ उठाउने ह्वाइट हाउसको विश्वास छ ।
 
यो नीतिले अमेरिकी नागरिकसँग विवाह गरी बसिरहेका गैरकानुनी हैसियतका पति वा पत्नीहरूलाई निर्वासनबाट जोगाउने छ ।
 
बीबीसीको एक समाचारअनुसार यो नीति कम्तिमा १० वर्षदेखि अमेरिकामा बसेकाहरूलाई लागू हुनेछ र उनीहरूलाई कानुनी रूपमा अमेरिकामा काम गर्न पनि बाटो खुल्नेछ ।
 
राष्ट्रपति बाइडेनले जुनको सुरुमा अमेरिकी अध्यागमन प्रणालीलाई अधिकतम निष्पक्ष र न्यायोचित बनाउने वाचा गरेका थिए ।
 
यस नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावअघि धेरै मतदाताहरूको लागि आप्रवासन मुख्य चिन्ताको विषय भएको जनमत सर्वेक्षणहरूले देखाएका छन् । बाइडेनले ल्याउन लागेको यो नीतिलाई केहीले भने आलोचना गरेका छन् ।