ललितानिवास जग्गा हिनामिना प्रकरणः आज फैसला आउन सक्ने

फाल्गुण ०२,२०८०

-आस्था न्यूज

फागुन २, २०८० काठमाडौं । 
बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले बुधबार (आज) फैसला दिने तयारी गरेको छ । मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको तयारी भएको हो । 
 
विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाउँदै छ । ‘बहस सकिइसकेको छ । तर, बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सम्भवतः बुधबार नै फैसला आउँछ,’ विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले भने । यो मुद्दा २ माघदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको थियो । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ ०७६ मा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो । सरकारका नाममा हुनुपर्ने एक सय ३६ रोपनीभन्दा बढी जग्गा योजनाबद्ध तरिकाले विभिन्न मितिमा कैफियतयुक्त गैरकानुनी निर्णयहरू गरी–गराई अनधिकृत व्यक्ति तथा संस्थाहरूका नाममा पुर्‍याएको दाबीसहित मुद्दा दायर भएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।