मालपोत कार्यालय काठमाडौंले थाल्यो बाँसबारीको जग्गा फिर्ता प्रक्रिया

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ । 
 
च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदबाग रेसिडेन्सी प्रालि) का सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो । 
 
चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका अध्यक्ष ठाकुर र बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिनामा पक्राउ परेका थिए । उनीहरू बुधबार हाजिरी जमानीमा छुटेका छन् । सीआईबीले भने किर्ते र ठगीमा अनुसन्धान जारी राखेको छ ।
 
यही प्रकरणमा मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुनअनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने स्पष्ट गरेको छ । मालपोतले टोखा नगरपालिका–६ का अध्यक्षको रोहवरमा चाँदबागका सञ्चालक समिति अध्यक्ष ठाकुरका नाममा पत्र काटेको हो । आजको कान्तिपुरमा खबर छ ।