गणतन्त्रले बनाएको बर्बादीमा राजतन्त्रको किरण

फाल्गुण २३,२०७७

Dirgha raj Prasai

-

 
 
∙ दीर्घराज प्रसाई––
   हामीलाई नेपाली भएर बाँच्नमा गौरव छ । प्राचीनकालदेखि हिमवतखण्ड नेपालमा हिन्दु अधिराज्य, राजसंस्था र प्रजातन्त्र अभ्यास र साधना गर्दै आएका छौं । तर यो–धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता रहिरह्यो भने नेपालको अस्तित्व समाप्त हुनेछ ।
पौष ५ गते २०७७ मा प्रधानमंत्रीबाट विघटित संसद सर्वोच्च अदालतले पूनर्वहालीको आदेश दिएपछि फागुन २३ गते (आजदेखि )२०७७ मा प्रतिनिधिसभाको वैठक बस्दैछ । तर प्रतिनिधिसभाको वैठक बसोस्  वा नबसोस् जवसम्म धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता जस्ता राष्ट्रघाती रोगहरु खारेज गरेर, सार्वभौम अखण्ड नेपालमा संसारको यो एक मात्र हिन्दु अधिराज्य र राजसंस्था यथावत कायम हुँदैन, तवसम्म संसदको वैठक बस्नु–नबस्नुको कुनै अर्थ रहँदैन । त्यसैले अवका दिनमा अरुहरुको खास महत्व छैन, प्रधानमंत्री केपी ओलीले नेपालको अस्तित्व बचाउनको लागि कुने हालतमा पनि हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था तर्क र प्रमाणकासाथ पूनर्वहाली गर्न समर्पित भएर लाग्नसक्नुपर्छ ।  
 
इतिहासमा नेपाल कहिले यस्तो संकटग्रस्त बनेको थिएन । तर २०६३ सालपछि नेपालकै पार्टीका गद्दार नेताहरु नैं विदेशीको भरिया बनेर नेपालको अस्तित्व समाप्त गर्न खोजेकाले अहिले सार्वभौमसत्ता माथि नैं संकट आएको हो । सत्तासीनहरु नैं बिकेपछि देश सुरक्षित हुन सक्तैन । नेपाल अधिराज्यभरि राजा र जनताको संयुक्त प्रयासको खाँचोको महसुस भएको छ । यो स्थिति रहिरह्यो भने नेपालको अस्तित्व टिक्न सक्तैन । नेपालमा यस्तै कालो व्यवस्था रहिरह्यो भने भोलिका दिनमा देशभित्र जातीय र क्षत्रीय तानातानको द्वन्दबाट देश फस्न सक्छ ।
 
राजनीतिक व्यवस्था नैं ठीक छैन भने सबै कुरा भताभुङ्ग हुनजान्छ । राजनीतिक व्यवस्थालाई यिनीहरुले मागिखाने भाँडो बनाए । नेपाल निराजको मुलुक भएको छ । बिदेशीले शिखरमा पु¥याएका दलालहरु सुरक्षित अवतरणको खोजीमा छन् । तर यिनीहरुले साह्रै ठूल्ठूला अपराध गरिसकेकाले यिनीहरुको मनस्थिति पनि खल्बलिएको छ । गणतन्त्र, धर्मनिरपेक्ष राज्य र जातीय झगडामा नेपाललाई फसाएर नेपालमा दिगो शान्ति कायम हुनसक्तैन ।
 
नेपाल अधिराज्यभरि राजा र जनताको संयुक्त प्रयासको खाँचोको महसुस भएको छ । यो स्थिति रहिरह्यो भने नेपालको अस्तित्व टिक्न सक्तैन । नेपाललाई असफल राष्ट्र बनाएर कब्जा गर्न भारतीय काग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ सक्रिय बनेर नेपाल खान खोजेको थियो । नेपालमा गणतन्त्र वा यस्तै कालो व्यवस्था रहिरह्यो भने भोलिका दिनमा देशभित्र जातीय र क्षेत्रीय तानातानको द्वन्दबाट देश फस्न सक्छ । राजनीतिक व्यवस्था नैं ठीक छैन भने सबै कुरा भताभुङ्ग हुनजान्छ । राजनीतिक व्यवस्थालाई यिनीहरुले मागिखाने भाँडो बनाए ।
 
बिदेशीले शिखरमा पु¥याएका दलालहरु सुरक्षित अवतरणको खोजीमा छन् । तर यिनीहरुले साह्रै ठूल्ठूला अपराध गरिसकेकाले यिनीहरुको मनस्थिति पनि खल्बलिएको छ । यिनीहरुलाई खोरमा हालेर कारवाही नगरुञ्जेल नेपाल सुरक्षित हुनेछैन । संसारमा जहाँ पनि राष्ट्रघातीहरु दण्डका भागिदार हुन्छन् ।
 
हामीलाई नेपाली भएर बाँच्नमा गौरव छ । प्राचीनकालदेखि हिमवतखण्ड नेपालमा प्रजातन्त्र यहाँका बासिन्दाले अभ्यास र साधना गर्दै आएको व्यवस्था हो । धार्मिक स्वतन्त्रता नेपालको मान्यता हो । आ–आफ्नो धर्म पालन गर्ने सबैको अधिकार हो । तर भ्रम र पैसाको लोभ देखाएर क्रिस्चियनहरुले स्वतन्त्रताको नाममा धर्मपरिवर्तन गराउने, नमाजको नाममा लुट मच्चाएर हिन्दुधर्मको जग नैं भत्काउनेहरुलाई समर्थन गर्नु धार्मिक स्वतन्त्रताको परिभाषा होइन । नेपालमा राई, लिम्बु, मगर, गुरुङ, नेवार, ब्रामण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवधि जो जति छौं हामी सबै हिन्दु तथा बौद्ध हौं । शेर्पा, तामांग र केही नेवार वौद्ध धर्मप्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो ।
 
हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी, मांशहारी, जनै लाउने नलाउने सबै हिन्दु हुन् । आ–आफ्नो इच्छा अनुसार हिड्न हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरिका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ । तरः नेपालमा हिन्दु तथा बौद्ध धर्मका बिरद्ध जेजस्ता षडयन्त्रहरु भइरहेका छन् त्यस्ता षड्यन्त्रको बिरद्धमा हामी हिन्दु तथा बौद्ध जहाँ–जहाँ छौं आफ्नो मौलिक पहिचान जोगाउन सशक्त हुनसक्नु पर्छ । मानववाद बिरुद्ध हिड्ने धर्मलाई वैदिक सनातन हिन्दु दर्शनबाट मानवीय सहिष्णुता र सभ्यताको छाता ओडाउन सक्नुपर्दछ ।
 
नेपालको राष्ट्रियतालाई अस्थिर बनाउन विदेशीको इशारामा यहीका पार्टीका दलाल नेताहरुले राजमुकुटको पेच खुस्काएर ठूलो वदमासी गरे । यस दोषको जिम्मेवार कांग्रेस, एमाले, माओवादीहरु नैं हुन् । राणाले राजालाई खोपीमा राखेर पनि शासन चलाएका थिए । उनीहरुलाई थाहा थियो कि नेपालमा राजसंस्था रहेन भने नेपाल नैं रहने छैन ।
 
 
अव नेपाल बचाउने हो र विश्वका हिन्दुहरुलाई संतुष्ट राख्नको लागि नेपालमा राजसंस्था र हिन्दु अधिराज्य स्थापित हुनुपर्छ ।
 
 
राणाहरु जतिको पनि ज्ञान नभएका कांग्रेस, एमाले, माओवाद नेताहरुले २०६३ सालमा जनआन्दोलन बिसर्जन भएपछि राजालाई घोका दिएर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लागु गरे । त्यो बेलादेखि नेपाल असुरक्षित छ । नेपाल जस्तो हिन्दु र बौद्धको आधिकारिक स्थलमा इसाईहरुले यहीका पार्टीभित्रका गद्दारहरु प्रयोग गरेर विश्वको एक मात्र हिन्दु अधिराज्य र राष्ट्रिय एकताको प्रतीकको रुपमा उभिएको राजसंस्थालाई अनेको आरोप तथा घात गरेर बिस्थापित गरे ।
 
चाड–पर्व, धाम–मंदिरहरु धार्मिक संस्कार तथा धार्मिक सहिष्णुतामा ‘नेपाल’ विश्वको लागि अनुपम उदारण बनेको छ । नेपाल अधिराज्यभरि अनेकौं धाम, मंदिर, कुण्ड, गुफामा गरिने आराधना र हरेक महिना मनाउने चाड पर्वहरु नेपालका साझा सम्पत्ति बनेका छन् । नेपाली जनता अनेकौं समस्याहरुबाट ग्रसित हुँदाहुँदै पनि धार्मिक निष्ठाको लागि उनीहरु सँधै तत्पर रहिरहेका हुन्छन् । नेपालका धार्मिक चाडहरु मध्ये अत्यन्त महत्वपूर्ण चाड ‘शिवरात्री’ हो । महाशिवरात्री नेपाल, भारत लगायत विश्वभरका हिन्दुहरुको लागि अत्यन्त पूजनीय दिन हो । शिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा असंख्यौं साधु, सन्त, तपस्वी लगायत लाखौं तीर्थयात्रीहरुको उपस्थिति हुन्छन् । नेपाल हिन्दु तथा बौद्धको उद्गमभूमि हो । सभ्यताको विकासक्रममा संसारभरका देशहरुमा हिन्दुधर्म र संस्कृतिको गहिरो प्रभाव पारेको छ ।
 
हिमवतखण्ड–नेपालको पहिचान भनेको वैदिक सनातन हिन्दु तथा बौद्ध धमको केन्द्रस्थल हो । संसारमा सबै सुखी रहुन्, संसारमा कोही पनि रोगी र दुःखी नहऊन् । सबै उदार हउन् । विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन् । ‘वशुदैव कुटुम्वकम’ । सबैले खाना, नाता र छानाको समान व्यवस्था पाउन् । हामीले उदात्त चरित्र लिएर विश्ववनधुत्वका लागि क्रियाशील बनौं । सम्पूर्ण विश्वको कल्याण होस् । ओम–शान्ति वैदिक हिन्दु सभ्यताका परिष्कृत घोतक हुन् । वहुजनहित र वहुजन सुखी हुन्छ त्यही नैं उत्तम व्यवस्था हो भन्ने विचार वैदिक हिन्दु समाजको हो । सूर्यको प्रकाश सबैको साझा हो । हामी हिन्दुहरुबाट सूर्यको पुजा हुन्छ । पानी नभई मान्छे बाँच्न सक्तैन । यो सबैको अधिकार हो । जसरी यसमा भागबण्डा हुँदैन त्यसरी नैं पृथ्वीमा सबै प्राणीले आवश्यकता अनुसार प्रयोग गर्छन् ।
 
शिवरात्री लगायत नेपालमा अनेकौं चाड, पर्वहरु मध्ये, मातातीर्थ (आमाको मुखहेर्ने), बुद्ध जयन्ती, नागपञ्चमी, कृष्ण अष्ठमी, गठेमंगल, गूरु पूर्णिमा, जनै पूर्णिमा, कृष्ण अष्ठमी, गाई जात्रा, गोकर्णे औसी, नागपञ्चमी, कुसे औसी, तीज, इन्द्रजात्रा, दशैं, तिहार, षटपर्व, धान्य पूर्णिमा, बालाचतुर्दशी, विवाह पञ्चमी, फागु पूर्णिमा, घोडे जात्रा, रामनवमी लगायतका राष्ट्रिय चाडपर्व तथा विभिन्न जातिहरुले मनाउदै आएका अनेकौं चाडपर्वहरुको कारणले कुनै महिना नहोला जहाँ नेपालमा कुनै न कुनै चाड नमनाइएको होस् ।
 
त्यस्तै नेपालका अनेकौं धाम, मंदिर, कुण्ड, गुफा तथा अनेकौं पबित्र स्थलहरुले नेपाललाई धार्मिक केन्द्रस्थलको रुपमा उभ्याएको छ । ताप्लेजुङ्गमा पाथिभरा, तेह्रथुममा सिंहवाहिनी, धरानकी दन्तकाली, पिण्डेश्वर महादेव, बुढासुब्बा, वाराहक्षेत्र, बिष्णुपादुका, झापामा सतासीधाम, अर्जुनधारा, राजबिराजकी सखडादेवी, राजदेवी, धनुषामा धनुषसागर, जनकधाममा जानकी, मकवानपुकी चुरिया माई, भूटनदेबी, दोलखाकी कालिङ्गचोक भगवती, पलान्चोक भगवती, काभे्रकी चन्डेश्वरी, बारामा गढीमाई छन् ।
 
काठमाण्डौं उपत्यकामा पशुपतिनाथ, गुह्येश्वरी, स्वयम्भू, बौद्धनाथ, दक्षिणकाली, भद्रकाली, साँखुकी बज्रयोगिनी, इन्द्रायनी, डोलेश्वर, धनेश्वर महादेव, कुम्वेश्वर महादेव, नव दुर्गा, दतात्रय, दक्षिणकाली भगवती, नक्साल भगवती, कालिकास्थान, नरदेबी, शोभा भगवती, मैतीदेबी, संकटा, रक्तकाली, बुढानिलकण्ठ, चाँगुनारायण, बिशंखुनारायण, शेषनारायण, इचंकुनारायण, सूर्यविनायक, कार्यविनायक, जलविनायक, अशोक विनायक, चन्द्र विनायक छन् ।
 
काठमाण्डौं भक्तपुरमा तलेजु भवानी बगलामुखी, बटुक भैरव, कृष्ण मंदिर, बज्रबाराही, कीर्तिपुरमा बागभैरव, कैलास–मानसरोवर, गोसाईगुण्ड, लुम्बिनीमा गौतम बुद्धको जन्मस्थान, गोर्खाकी गोर्खाकाली, गोरखनाथ, मनोकामना, डोल्पाकी त्रिपुरासुन्दरी, विराटनगर, बिरगञ्ज र बाग्लुडकी माइस्तान, नेपालगञ्जकी बागेश्वरी, पोखराकी विन्द्यावासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उघ्रतारा, कालीकोटकी बढीमालिका जस्ता आदि अनेकौं शक्तिपीठहरुले नेपाली समाजलाई प्रभाव पारेको छ । काठमाण्डौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका सडकहरुमा दायाँ–वायाँ कति सम्वेदनशील छन् भने होसियारिकासाथ हिड्न सकिएन भने कुनै मंदिर वा देवताको शीलामा ठोकिन सक्छ ।
 
मानव जीवनलाई समृद्धशाली बनाउन सबै मानव बीचमा समान हक, अधिकार र आफ्नो इच्छा अनुसार राष्ट्रमा योगदान दिन कसैले रोकतोक गर्न पाउँदैन । त्यसैले वेदमा उल्लेख छ– ‘हामी सबै राष्ट्रिय जागरणमा उठौं ।’ यसले के बताउँछ भने हिन्दुदर्शन सम्पूर्ण मानव समाजलाई बाटो देखाउने साधक हो । ब्रम्हा, विष्णु महेश्वर वैदिक हिन्दु जीवनका मार्गप्रदर्शन हुन् । वैदिक हिन्दु सनातन धर्महरुमा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौडन सक्छ ।
 
वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । मान्छेलाई संकट परेको बेलामा कुनै न कुनै पाञ्चायन देवताको संझना गरेको हुन्छ । पाञ्चायन् अर्थात गणेश, देवी, सूर्य, शिव, बिष्णुको पूजा अपरिहार्य हुन्छ । यी मध्ये कुनै एउटालाई भेद गरेर पूजा गरियो भने त्यो अधुरो हुनजान्छ । तर हिन्दुभित्रका केही साम्प्रदायहरुले आ–आफुनै परिभाषा गरेर सनातन हिन्दु दर्शन भित्र केही विवाद उठाइएको छ । हामी सबै हिन्दु तथा बौद्धहरु धार्मिक विवाद तथा झगडा निम्त्याउन चाहँदैनौं । हामी सबै नेपाल हिन्दु तथा बौद्ध राज्यको रुपमा स्थिर रहिरहेको चाहन्छौं ।
 
राजसंस्थाबिना नेपालको सार्वभौमसत्ता, एकता कायम रहन सक्तैन भन्ने कुरा अव छलङ्ग भइसकेको छ । अव नेपाल बचाउने हो र विश्वका हिन्दुहरुलाई संतुष्ट राख्नको लागि नेपालमा राजसंस्था र हिन्दु अधिराज्य स्थापित हुनुपर्छ । यसको लागि हामी सबै पार्टीभित्र र बाहिरका देशभक्तहरु, नेपालको स्थिरता र एकताको लागि विश्वको एक मात्र हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको सम्मान गरेर देशको स्थिरताको लागि प्रयासरत रहौं ।