विचार/ब्लग पृष्‍ठ
प्रमुख समाचार
 

बालबालिकाको भविष्यप्रति चिन्तित बनौँ

साउन ५,२०७७ काठमाडौं । - सुष्मा सुब्बा लामा विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस कोभिड १९ को सन्त्रास अब प्रायः सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिएको छ । यस महामारीले समाजका हरेक तहतप्काका मानिसलाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयुक्ति नहोला ।