चिनियाँ भाइरस जैविक हतियार वन्दै, चीनप्रति विश्व सशंकित

फाल्गुण २०,२०७६

Siddharth Gautam

-

 • सिद्धार्थ गौतम–
अहिले कोरोना भाइरस विश्वभरि फैलिरहेको छ । विश्वलाई नै यो भाइरसले उथलपुथल ल्याइदिएको छ । पर्यटन र ब्यापार ब्यवसायमा निकै गिरावट आएको छ । 
 तर, यो समस्याका वाबजुद पनि किन यो भाइरसको सन्त्रास फैलियो ? यो जान्न आवस्यक छ । कम्युनिस्ट चीनले  जैविक हतियारको परीक्षण गरेर विश्वलाई नै आतङ्कित र खतरामा पारेको कुरा चर्चामा आउन थालेको छ । सीमित मात्रामा  चीनको जैविक गोप्य हतियार कार्यक्रम  सैन्य प्रोजेक्ट चलिरहेको थियो । क्यानाडाको प्रयोगशालाबाट मार्च २०१५ मा चीनको जासुसहरुले कोरोना भाइरसको नमुना चोरेका थिए । अमेरिकाको बिदेश बिभागले पनि गत वर्ष चीनले जैविक युद्ध परीक्षणमा संलग्न रहेको जनाएको थियो ।
 
दक्षिण कोरिया र जापानलाई समाप्त गर्नको लागि चीनले यो खतरनाक खेल खेलेको हो । आउने जुलाईमा हुन गइरहेको ओलम्पिक खेल प्रभावित पार्न पनि यो खतरनाक खेल चिनियाँ कम्युनिष्ट सरकारले खेलेको हुनसक्छ । चीनको सहयोगमा पाकिस्तानले भारतमा पनि यो महामारी फैलाउन षडयन्त्र गरिरहेको थियो । अमेरिकाका खास सहयोगी प्रजातान्त्रिक देशहरुको विरुद्ध चीनको यो खतरनाक षडयन्त्र हो ।

विश्वलाई नै भाइरस आतंकबाट प्रताडित गर्ने चीनको यस्तो गम्भीर हर्कतलाई माफ गर्नु हुँदैन । पुरै विश्वबाट अलग्याउनु र बहिष्कृत गर्नुपर्छ । कम्युनिष्ट र चीन विश्वका लागि घातक रोग हुन् । अब चाहिँ कम्यूनिष्ट चीन होइन, भाइरस चीन भनौ । कम्युनिष्ट चीनको विरुद्धमा विश्वका प्रजातन्त्रवादीहरु एकजुट हुनु जरुरी भैसक्यो ।

 
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई लिएर विश्वभरि संकट घोषणा गरेको छ । चीनमा दुइ करोड जनता कोरोना भाइरसबाट प्रभावित भएका छन् । विश्वको ११८ वटा देशमा यो भाइरस फैलिएको छ । चिनियाँ कम्युनिष्ट सरकारले विश्वलाई झुठो बोलेर ढाटयो पहिला, पछि आएर पोल खुल्यो । नेपाल सरकारले तत्काल चाईनाबाट कुनै पनि हवाई सेवा, कुनैपनि यातायात सेवा, कुनै पनि मान्छेलाई आउनबाट तत्काल रोक्न आवस्यक छ । चीनले विश्वलाई यस्तै खतरनाक महामारीहरु मात्र दिनसक्छ, राम्रो कुरा केही पनि दिन सक्दैन । यो कम्युनिस्ट चाइनाको नया रणनीति  हुनसक्छ र हो । यस रणनीतिबाट विश्व समुदाय सतर्क रहनुपर्छ । विश्व समुदायले चिनलाई अलग थलग पार्नुपर्छ र बहिस्कार गर्नुपर्छ । विश्वमा कम्यूनिष्ट आतंकवाद फैलाउने चीन अबचाहिँ भाइरस आतंक फैलाउन थालेको छ ।

भाइरस चिनियाँलाई नेपाल भित्रिन खुला छूट 

डव्लुएचओले नेपाल सहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएयता नेपालमा १६ हजार भन्दा बढी चिनियाँ पर्यटक भित्रिएको पाइएको छ । यस किसिमको गैरजिम्मेवारी गर्ने छुट कसले दिएको छ कम्यूनिष्ट सरकारलाई । नेपाली जनताको बिरुद्धमा यस्तो किसिमको महाभुल गर्ने कम्यूनिष्ट सरकारलाई जनताले एक दिन सजाय अवश्य दिन्छन् । नेकपा सरकारको कम्युनिस्ट चीनको प्रेमको कारणले गर्दा सम्पूर्ण नेपाली जनता खतरामा परेका छन् । 
 
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (टिआईए) अध्यागमन कार्यालय अनुसार सन् २०२० जनवरी १ देखि फेब्रुअरी २२ सम्म टिआईएबाट कूल १६ हजार १ सय ८६ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । 
 कोरोना भाइरस अन्यन्त्र नफैलियोस भनेर चीनले एक करोड भन्दा बढी जनसंख्या रहेको उहान र ६ करोडभन्दा बढी जनसंख्या रहेको हुबेई प्रान्तलाई करिव दुई महिना देखि ‘लक’ गरेर राखेको छ । उहानमा सम्पूर्ण हवाई उडान र सार्वजनिक यातायात बन्द गरिएको छ । संक्रमित भएको भन्दै हजारौंलाई जिउँदै जलाइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको यो असली चरित्र र रुप हो ।
 
कोरोना भाइरस नफैलियोस भनेर विश्वका ६० भन्दा बढी देशले चिनियाँ  माथि प्रतिबन्ध लगाई सकेका छन् । नेपालले भने चिनियाँ पर्यटकको आगमनमा हालसम्म कुनै कडाई गरेको छैन । नेपालले अहिले पनि चिनियाँलाई आवतजावत गर्न दिंदै आएको छ । केपी ओलीको सरकारले  चिनियाँलाई स्वागत गर्दै, कृष्ण विष्णु गोकुलको जप गर्दै केक काट्दै बसिरहेको छ ।
 
चीनसँग सीमा जोडिएका १४ देशमध्ये अधिकांशले चिनियाँ पर्यटकमाथि कडाई तथा प्रतिबन्ध लगाए पनि नेपालले स्वागत गर्दै बसिरहेको छ । चिनियाँ पर्यटक माथि अन्तर्रा्ष्ट्रिय यात्रा प्रतिबन्ध लगाए मात्र हामी प्रतिबन्ध लगाउँछौं । चिनियाँ पर्यटक माथि अहिले कडाई गर्ने कुनै योजना छैन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस किसिमको गैरजिम्मेवार भनाई कस्को जोडबलमा आइराखेको छ, चिनिया भाइरसको संक्रमण फैलियो भने यसको जिम्मेवार को हुने ?   
 
विश्वका अन्य देशहरुले चीनका पर्यटक माथि मात्र होइन, कोरोना भाइरस बढी प्रभावित मकाउ, हङकङ, ताईवान, दक्षिण कोरिया, जापान लगायतका पर्यटक माथि पनि कडाई गर्न सुरु गरेका छन् । तर नेपालले भने अहिले पनि अन्य देशका पर्यटकलाई झै चिनियाँ पर्यटकलाई स्वागत गरिरहेको छ । यो सबैको पछाडि चिनियाँ राजदूतको दबाबले काम गरिरहेको छ ।  देश गम्भीर मोडमा छ तर कम्युनिस्टहरु चुप लागेर बसेका छन् यस विषयमा । अमेरिका र भारतलाइ गाली गर्दै भरत दाहालहरु लगायतको कृतन चल्दैछ र चिनियाँ राजदुतले थपडी बजाउदै स्याबासी दिएका छन् । 
 
सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी उआनमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । त्यसयता कोरोना भाइरसको कारण चीनमा मात्र अनुमान २ लाख जतिको मृत्यु भइसकेको छ । विश्वका ११८ देशमा कोरोना भाइरसका विरामी भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टिआईएमा एउटा सामान्य स्वास्थ्य डेस्क राखेको छ । चीनहुँदै आउने अन्य देशका पर्यटक र चिनियाँ पर्यटक माथि अहिलेसम्म विशेष सतर्कता अपनाएको छैन । टिआईएमा रहेको ४ जना चिकित्सक सहित १२ जनाको स्वास्थ्य डेस्कले चीनबाट आउने जहाजका यात्रुको सामान्य सूचना राख्ने काम मात्र गरेको छ । टिआईएमा रहेको स्वास्थ्य डेस्कले चीनबाट को आयो र को गयो भन्ने सूचना मात्र राख्छ । 
 
दक्षिण कोरियामा २५ लाख मानिसलाई घरभित्रै बस्न सरकारकोले आग्रह गरेको छ । दक्षिण कोरियाको थेगु क्षेत्रमा कोरोना भाइरसका बिरामी भेटिएका हुन् । सुरुमा चीनबाट फर्किएकामा मात्र यो भाइरस पाइएकोमा अहिले चीन नगएकाहरुमा पनि यो भाइरस भेटिएपछि कोरियाले थेगु क्षेत्रमा विशेष सतर्कता अपनाएको छ । दक्षिण कोरियामा उआनमा भाइरस आतंक फैलिनु भन्दा अगाडी नै भाइरस  फैलिएको पुष्टि हुन्छ । यसैबाट पनि चीनको षडयन्त्रको पुष्टि हुन्छ । कोरियामा रहेको नेपाली दूतावासले पनि त्यहाँ रहेका ४० हजार भन्दा बढी नेपालीलाई विशेष सतर्कता अपनाउन भनेको छ । 
 
युरोप पनि पुरै कोरोना भाइरसको चपेटामा परिसकेको छ  ।  कोरोना भाइरसका संक्रमित बढेपछि इटालीयन सिरी ‘ए’ को तीन वटा खेल स्थगित गरिएको छ । इटालीमा यो भाइरसका कारण २ जनाको मृत्यु भइसकेको छ । इरानमा पनि कोरोना भाइरसका कारण ४३ जनाले ज्यान गुमाइसकेका छन् । हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणले भयावह स्थिती सृजना भएपछि चिनियाँलाई विश्वभरी नै प्रतिबन्धित गरिएका छन् । विश्वमा कम्यूनिष्ट आतंकवाद फैलाउने चीन अब चाहिँ भाइरस आतंक फैलाउन थालेको छ, । उल्टै अमेरिकालाई दोष लगाउने, लाज सरम नभएको पतित सि जिनपिङको सरकार भाइरस आतंकको आरोप खेप्दैछ । यो अहिले विश्वभरका मानिसका लागि सबैभन्दा चिन्ताको बिषय हो । 
 (लेखक गौतम, नेपाल रिपब्लिक पार्टीका केन्द्रीय अध्यक्ष हुन् । यो लेख उनको नीजि विचार भएकोले प्रकाशित संस्था जिम्मेवार हुने छैन : सम्पादक ।)