जनताको विपत्तिमा सरकारको लुट

आषाढ २८,२०७७

-

 

•  सिद्धार्थ अधिकारी ---

   नेपालमा सबैभन्दा ठुलो रोग भनेकै भ्रष्टाचार हो । कोरोना,सलह भन्दा पनि भ्रष्टाचारले नेपालको आर्थिक अर्थतन्त्र उकालो लाग्न धेरै कठिनाई सृजना गरिदिएको छ । देशको स्वतन्त्रता , अखण्डता ,स्वाधीनता र सार्बभौमसत्ताका हरेक बिषयमा देश भित्रका दलालहरूले बिदेशीहरूसंग आर्थिक लेनदेन गरेका छन् ।  
 
 ५८ बर्ष अघि देशको अस्तित्व वेचेका दलाल नेताहरु अझै कुन भुभाग विदेशीलाई सुम्पने हुन् कुनैै भरोसा छैन । पहिला हाम्रै देशको जमिन लिम्पियाधुरा कालापानी र लिपुलेख कसरी भारतको नक्शा पुग्यो ? यसका बारेमा जनस्तरमा बहस गर्नुपर्छ कि पर्दैन । अहिले नक्सा जारी गरेर राष्ट्रबादी बनेकाहरू पटक पटक सत्तामा आएकै हुन । नक्सा जारी गरेर राष्ट्रबादी बनेकाहरूले नक्सा जारी गरेर मात्र राष्ट्रबादी बन्ने कि जमिन फिर्ता लिन के पहल गरे त ? अहिलेसम्म भारतले कब्जामा लिएको जमिन फिर्ता नलिइकनै आफ्नो काम पूरा भएको मान्ने मुर्खहरूलाई के भन्ने ? यिनले अझै जनताका आँखामा छारो हालेका छन् । नाटकीय रुपमा नक्सा जारी गरेर भन्दा हाम्रो आफ्नो जमिनमा सोझै नेपाल सरकारले किन हस्तक्षेप गर्न सकेको छैन ? किन दुई देश विच कडा रुपमा कुटनैतिक पहल भएको छैन ? यहि कारणले पनि ओली सरकारले जनतालाई झुक्याईरहेको छ ।  
 
नेपाली जनता सोझो छन भन्ने थाहा पाएर बिदेशीको गुलामी गर्ने देशभित्रका गद्दार अपराधीहरूले देशलाई कुनै पनि बेला दुर्घटनामा लाने संभावना छ । यी अपराधीप्रति सचेत हुन सम्पुर्ण नेपाली दाजुभाईमा अनुरोध गर्दछु ।
 यो सरकारमा बस्ने हरेक दलालहरुले कोरोनाको कहरलाई मुख्य कमाउने धन्दा बनाएका छन् । बर्तमान सरकारले कोरोनाको डर देखाएर लुट्न ब्यस्त छ । सिंहदरबारदेखि प्रदेश गाउँगाउँका साना सिंहदरबारसम्म लुट्न ब्यस्त छन । लकडाउन लगाएर सरकार लुट्नसम्म लुट्यो । जुन बेला कोरोनाको जोखिम कम थियो, त्यो बेला लकडाउन लगायो । अहिले जोखिमको बेला सरकारले लापरवाही गरेको छ । 
 

कोरोनाको राम्रोसँग पहिचान तथा यसको रोकथाम गरेर देशको लुटिएको भूमि फिर्ता लिनेकाम गर्नुपर्दथ्यो ।  एक ठाउँको मात्र भूमि फिर्ता लिदा अरू तर्फको भूमिको बेवास्ता गर्नु कहाँ सम्मको राष्ट्रवादी काम हो ? सन १८१६ को असमान सन्धी सन १९५० को सन्धीको धारा ८ ले पुरानो सबै सन्धी सम्झौताहरु खारेज गरिसकेको हुँदा ति सबै भुभाग नेपालका हुन् । 

 
  सरकारले बिश्वका शक्तिशाली मुलुकले गरेको नक्कल गरेर अनावश्यक समयमा लकडाउन लगाएर जनतालाई दुख दियो ।  देशको अर्थतन्त्र धराशयी बनाउनमा सरकार आफै लाग्दा देशका सोझा जनता मारमा परेका छन । यो अपराधै अपराधमा संमिश्रण भएका अपराधीहरूलाई  संरक्षण गरेर चरित्रहिनताको प्रदर्शन गरेको छ । अहिलेको सरकारका कारण बिदेशमा तथा स्वदेशमा रहेका नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको छ । यो हत्यारो सरकार हो । 
 
कोरोनाको राम्रोसँग पहिचान तथा यसको रोकथाम गरेर देशको लुटिएको भूमि फिर्ता लिनेकाम गर्नुपर्दथ्यो ।  एक ठाउँको मात्र भूमि फिर्ता लिदा अरू तर्फको भूमिको बेवास्ता गर्नु कहाँ सम्मको राष्ट्रवादी काम हो ? सन १८१६ को असमान सन्धी सन १९५० को सन्धीको धारा ८ ले पुरानो सबै सन्धी सम्झौताहरु खारेज गरिसकेको हुँदा ति सबै भुभाग नेपालका हुन् । त्यसैले, टिष्टादेखि कांगडा तथा उत्तर टाँसीहेल्पु, कैलाश मानसरोवर दक्षिण गंगा गण्डकसम्मकोे भुभाग तुरुन्त फिर्ता गर्नुपर्छ । 
 
नेपलको ठुलो भुभाग भारत तर्फ र तिब्बतमा छ । त्यो सबै भुभाग फिर्ता नल्याएसम्म दलाल नेताहरुको कुनै विश्वास छैन ।
(लेखक चर्चित सामाजिक अभियन्ता हुन् ।)