भ्रष्टाचाररूपी महामारीले ग्रस्त नेपाल

पत्रकारले पनि पक्षपातपूर्ण दृष्टि राख्दछ भने राष्ट्रहितमा आवाज उठाउने कोहीपनि बांकी रहँदैन

आश्विन १८,२०७५




 

 

आदरणीय पाठक महोदयलाई लेखक आरंभमै स्पष्ट गर्न चाहन्छ कि यदि तपाई देशसंग अलिकती पनि प्रेम गर्नुहुन्छ या फेरी राष्ट्रभक्तिको मानसिकता राख्नुहुन्छ भने नै यस लेखलाई पढ्नुहोला, अन्यथा आफ्नो अमूल्य समय व्यतीत नगर्नुहोला किनकि तपाईं त्यस श्रेणीमा आउनुहुन्छ जुन केवल एकै दिनको राष्ट्रभक्त हुन्छन्, जस्तै कि राष्ट्रीय पर्व गणतंत्र दिवस आदि l 

 

दिन व्यतीत भएपश्चात्, तपाईंको अंतर्हृदयमा अंकुरित राष्ट्रभक्तिको बिरुवा शनै: शनै: वैलाउन थाल्दछ फेरीदेखि त्यही स्वार्थ सिद्धिको क्रम आगामी राष्ट्रीय पर्वसम्म निर्बाध चलिरहन्छ l तरपनि तपाईंलाई कुनै फरक पर्दैन किनकि स्वार्थी जो हुनुहुन्छ, के वास्तवमा भ्रष्टमुक्त नेपालको निर्माण भैरहेको छ ? या फेरी निर्माणको दिशामा अग्रसर छ ? माननीय महोदय, सुसज्जित मंचबाट उच्च स्वरमा उद्घोष गर्दा मात्रै देश भ्रष्ट मुक्त कदापि हुन सक्दैन यस महत्वपूर्ण कार्यको लागि हर संभव प्रयास, उक्त समस्याको निस्तारणसम्म गरिरहनु पर्नेहुन्छ l

 

 

कहीं यस्तो त होइन, कि तपाईंपनि भ्रष्टाचारलाई बढ़ावा दिने मानसिकताको पक्षधर हुनुहुन्छ, यदि यस्तो होइन भने तपाईंसंग लेखकको विनम्र आग्रह छ कि यस लेखलाई गंभीरतासंग पढ्दै जन-जनलाई जागरुक गर्नमा सहयोग प्रदान गरौं ताकि देशको छवि स्वच्छ र उज्वल बनाउन सकियोस् l किनकि कुनै महापुरुषले भनेका छन् कि जो व्यक्ति आफ्नो रक्षा स्वयं गर्न सक्दैन, उसको रक्षा स्वयं परमात्माले पनि गर्दैन l

 

 

आदरणीय पाठक महोदय, अक्सर तपाईंले आफ्नो वर-पर, छर-छिमेकमा देख्नुभएकै होला कि संयुक्त परिवारमा कुनै व्यक्ति असाध्य रोगले ग्रस्त भयो भने उक्त परिवारको प्रत्येक सदस्यले आफ्नो व्यक्तिगत स्तरमै उक्त व्यक्तिलाई त्यस असाध्य रोगबाट मुक्त गर्ने समाधान अतिशीघ्र गर्ने चेष्टा गर्दछ l किनकि उ उक्त परिवारको एउटा अभिन्न अंग हो l राष्ट्रको बारेमा चर्चा गर्दा सर्वप्रथम हामी नेपाली हौं, न कि हिंदू, ईसाई, मुस्लिम आदि l यो राष्ट्र नै हाम्रो आफ्नो साँचो घर हो l के हाम्रो केही दायित्व बन्दैन कि हामी आफ्नो घरको धर्म जात-पात राजनीतिदेखि पारी, मात्र राष्ट्रहितमा एकजुट भएर आफ्नो देशलाई भ्रष्टाचार मुक्त गर्ने जिम्मेवारी उठाऔं ? या फेरी भ्रष्ट अधिकारी या कर्मचारी जुन भ्रष्टाचारमा संलिप्त छ, को विरुद्ध अति तीव्रवेगले शंखनाद गरौं l

 

 

के नेपाली भएको नाताले हाम्रो आफ्नो घरको रक्षा हेतु कुनै दायित्व बन्दैन ? के हामी चाहन्छौं कि भ्रष्टाचाररूपी क्यांसर (असाध्य) को शल्यचिकित्सा नगरियोस् ? उक्त रोगले देशको स्थिति यति विकट भैसक्यो कि बिना जन-जागरूकता या फेरी देशको सर्वोच्च सिंहासनमा आसीन राजनेताहरुको दखलको आभावमा उक्त असाध्य रोगको शल्य चिकित्सा गर्न कदापि संभव हुनेछैन l तर विचित्र झैं विडम्बना छ कि प्राचीन कालमा मानिसहररूले ईश्वरलाई पाउनको लागि सम्पूर्ण राज-पाट नै त्यागेर मोक्षको साधन खोज्दथे, तर वर्तमानमा त त्याग-तपस्याको धारा नै विपरीत दिशामा प्रवाहित भैरहेको छ, प्रत्यक्षलाई प्रमाणको आवश्यकता पर्दैन l

 

 

अलिकती भएपनि विचार गर्नुहोस् त, तपाईंलाई परमात्माले उच्च सिंहासनमा आसीन कुन उद्येश्यलाई पूर्ण गर्नको लागि गरे ? ताकि तपाईं समस्त बंधनहरुदेखि मुक्त हुनुहोस्, प्रजाहितको विषयमा विचार-विमर्श गरेर, भ्रष्टाचारले त्राहि-त्राहि गरेका जनताका समस्याको समाधान अतिशीघ्र गर्नुहोस् l यसैका लागि होइन र ? पृथ्वीमा उत्पन्न प्रत्येक मनुष्यको जीवनको उद्येश्य, पृथक-पृथक हुन्छन्, किनकि यो त एउटा रंगमंच हो l  व्यक्ति धरामा जन्म लिन्छ र आफ्नो मंचन पूर्ण गरेर मृत्युकी देवीलाई प्राप्त हुन्छ l

 

 

चुनाव प्राचारको समय, दीर्घ वेगले आश्वासन दिइन्छ कि अबको पटक भ्रष्टाचार मुक्त नेपाल, जनतालाई समर्पित गर्नेछौं l तर होइन, फेरी पनि त्यही ‘ढाकको तीन-पात’ ! आखर किन ? आदरणीय पाठक महोदय, भ्रष्टमुक्त नेपाल, विषयमा किन विचार गरिंदैन, संबंधित प्रश्नको दुई नै मुख्य कारण हुनसक्छन् या त संभव छ कि तपाईं, सुसज्जित मंचबाट जनतालाई मात्र आश्वासन दिने कलामा निपुण हुनुहुन्छ, यो पनि संभव छ कि तपाईं भ्रष्टाचारको पक्षधर हुनुहुन्छ l उक्त विषयले राष्ट्रको समस्त व्यक्तिहरुसंग संबंध राख्दछ, जो मुख्य भ्रष्टाचाररूपी दानवले आक्रांत छन् l

 

 

लेखकको उद्येश्य कुनै व्यक्ति विशेषको भावनालाई आहत गर्नु होइन, अपितु भ्रष्टाचाररूपी दानवको सच्चाईलाई समस्त जनतासम्मुख प्रस्तुत गर्नु हो l ताकि रोगले संक्रमित नेपालको अंतरात्मामा शुद्ध वायु संचार गर्नुको साथ-साथै आवश्यक औषधि त्वरित गतिले उपलब्ध गराउन सकियोस् र भ्रष्टमुक्त नेपालको काल्पनिक सपना साकार हुन सकोस् l भिन्न-भिन्न रंगहरुले पर्खाल पोत्ने या ठुला-ठुला होल्डिंग बोर्ड लगाउनाले मात्र या फेरी महापुरुषहरुको वक्तव्य लेख्न या सरकारी कार्यालयमा महापुरुषहरुको छायाप्रति (तस्बीर) स्थापित गरिदिनाले या फेरी विशेष तरिकाको परिधान (वस्त्र) धारण गर्नाले राष्ट्रको उद्धार संभव हुन सक्दैन l

 

 

यद्यपि देशको चतुर्थ स्तंभ मिडियालाई भनिन्छ l मिडियामा पनि कम भ्रष्टाचार छैन l विभिन्न प्रकारका टिभी च्यानल कुनै व्यक्ति विशेषको टीआरपी या फेरी समाचार पत्रिकाहरुमा कुनै समाचार अथवा  विज्ञापन आफ्नो पक्षमा प्रकाशित गराउनु छ भने उसको मूल्य लगाइन्छ l टिभी च्यानलहरुमा त प्रतिसेकेण्डको हिसाबले टिभी च्यानल, पैसालाई दुबै हातले बटुल्छन्, चाहे ती समाचार अथवा विज्ञापन समाजको हितमा होस् या अहितमा l उनिहरुलाई उक्त तरिकाले अर्जित धनको गंधमा आफ्नो पत्रकारिताधर्मलाई बिर्सने असाध्य रोग नै लागिसकेको अवस्था देखिन्छ l पत्रकारको परिभाषा नै ‘निष्पक्षता’, पक्षपात रहित हुन्छ l पत्रकारले पनि पक्षपातपूर्ण दृष्टि राख्दछ भने राष्ट्रहितमा आवाज उठाउने कोहीपनि बांकी रहँदैन l यस्तो अवस्थामा राष्ट्रको या राजनेताहरुको कमी-कमजोरी, या राष्ट्रको उन्नति, समृद्धि आदिलाई सामान्य जनतासामु कसले पुर्याउने ? के यो पत्रकारको दायित्व होइन ?

 

 

प्रत्येक चुनावमा जनताका केही आशा, भावना, सपनाहरु हुन्छन्, तर व्यक्ति विशेषको सपना त्यस समय धराशाही हुन्छन् जब राजनेताहरुका आश्वासन मात्रले, आफ्ना विश्वास नष्ट भैरहेको महसूस गर्छन् या फेरी भ्रष्ट कर्मचारीहरुको तानाशाहीले किंकर्तव्यविमूढ़ भएर या त आत्महत्या गर्छन या फेरी अनैतिक तरिकाले आफ्नो कार्य सुलभ गराउने कोशिश गर्छन् l तर भ्रष्ट अधिकारी अथवा कर्मचारी सरकारी कुर्सीमा बसेर स्वयंलाई सदीको भूप (राजा) भन्दा कम मान्दैन किनकि तुच्छ मानसिकताको स्वामी, बिर्सन्छ कि जुन काल्पनिक सिंहासनमा उ विराजमान छ त्यो जनताकै देन हो l उक्त व्यक्ति यो कदापि बुझ्न सक्दैन कि घूसखोरीको धन, मंदगत्यात्मक विष हो जसले अंततः उनका भावी संतानका लागि भविष्यमा कठोर दुःखदायी सिद्ध हुनसक्छ l

 

 

भ्रष्ट युक्त नेपालको यो मुद्दा एक्लै एक व्यक्ति विशेषको होइन बरु देशका असंख्य नागरिकहरुको पनि हो l देशको सबभन्दा प्रमुख क्षेत्र भनेको शिक्षा क्षेत्र हो, यस क्षेत्रमा पनि धेरै नै गोल-माल छ l किनकि एउटा साधारण अध्यापक जसको समस्त आयु भावी पीढ़ीलाई शिक्षित गर्न या फेरी भ्रष्टाचार विरुद्ध लड़ाई लड़ने पाठ पढाउनेवाला, लाई स्वयं नै पेंशन या फेरी फंड आहरणको लागि भ्रष्टाचाररूपी महामारीको शिकार हुनपर्छ l विभागमा बसेका भ्रष्ट कर्मचारी गणद्वारा शिक्षकसंग पर्याप्त रकम वसूल गरिन्छ l किनकि प्रत्येक व्यक्ति स्वार्थ सिद्धिवाला मानसिकताले फलीभूत भैसकेका छन l प्राईमरी विद्यालय परिसरको जर्जर स्थिति, प्रा. शिक्षाको ढीला-ढाला रवैया, एउटा शोचनीय विषय बनिसकेको छ l एक स्थानमा मात्रै होइन देशका हरेक विभागमा यस्तै स्थिति रहेको छ l रंकदेखि राजासम्म नै सबै भ्रष्टाचारको शिकार भैसकेका छन् l के तपाईंले एकांतमा बसेर आफ्नो अंतर्हृदयसंग प्रश्न गर्नुभएको छ ?

 

 

अंतमा लेखक आफ्नो अंतर्हृदयमा उठ्नेवाला, भ्रष्टाचार विरोधी ज्वालामुखीलाई शांत गर्दै आफ्नो दीर्घ विचारलाई विराम दिन्छ l किनकि यस विषयमा अरु चर्चा गर्न संभव छैन l केही मानिसहरुको मानसिकता छ कि जब पनि धरामा अधर्म बढ्छ या फेरी धर्मको हानि हुन्छ तब कुनै न कुनै महापुरुष जन्मिन्छ l तर वर्त्तमान युगमा त पग-पगमा भ्रष्टाचारको बोल-बाला छ l यस भ्रष्टाचाररूपी महाभारतमा समस्त जागरुक पाठक महोदयलाई नै स्वयं कृष्ण र अर्जुन बनि लड्न तयार हुनुपर्छ l तब नै देशको भविष्य स्वर्णमय हुनसक्छ l लेखक उच्च सिंहासनमा विराजमान मंत्री महोदयसंग या फेरी संबंधित विभागका उच्च शिखरमा आसीन अधिकारी गणहरुसंग आग्रह गर्न चाहन्छ कि भ्रष्ट कर्मचारी, राजनेता, अधिकारी विरुद्ध त्वरित दंडात्मक कारवाही गरियोस् ताकि अन्य कुनैपनि कर्मचारी उक्त दुस्साहस गर्ने चेष्टा नगरोस् l

-माधव प्रसाद गर्तौला