दलहरुले राजा र जनतालाई यसरी धोका दिएका थिए !

आषाढ १०,२०७७

-

 

•  दीर्घराज प्रसाई –

      ०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग सात राजनीतिक दलको राजतन्त्र राख्ने विषयमा लिखित सहमति भएका सम्झौतालाई धोका दिएको परिणामले आज देश संकटग्रस्त छ ।
 
नेपाल’ संसारका देशहरुमा धेरै पुरानो सार्वभौम हिन्दुस्थल हो । यसलाई तहसनहस गराउन २०६३ सालदेखि विदेशी गुप्तचर संस्थाको पारामा लागेर यही देशका पार्टीका देशद्रोही नेताहरुले घेराबन्दीमा पारेर यसको अस्तित्व नैं समाप्त गर्ने खेलमा लागेका छन् । विशाल–नेपाल’–सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो ।
 
अमेरिका, जर्मन, इटाली, जापान लगायत यस्ता कैयौं देशहरु अन्धकारमा रहेका अवस्थामा पनि पृथ्वीनारायण शाहको दुरदर्शी नेतृत्वबाट बेलायती साम्राज्यले यसक्षेत्रलाई आक्रमक नजरले हेरिरहेको बेलामा यो हिन्दु तथा बौद्ध भूमिलाई एकीकृत विशाल नेपाल सिर्जना भएको थियो । चन्द्र–सूर्य अंकित झण्डा फहराएर पृथ्वीनारायण शाहबाट हिमवत्खण्ड नेपालको अस्मिता र मौलिकतालाई जीवन्त राख्ने कार्य भएको हो ।
 
विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना राज्यहरुमा विभाजित थिए । पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलास मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हो–हिमवतखण्ड । यसक्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको अवस्थामा पृथ्वीनारायण शाह जस्तो सपूत गोर्खामा नजन्मिएका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने थियो ।
 

२०६३ सालको आन्दोलनपछि बाबुराम भट्टराई, प्रचण्ड, माधव नेपाल, कृष्ण सिटौला, सुबास नेम्वाड लगायतका कांग्रेस, एमाले र माओवादीका गद्दारहरु देशलाई भौडीमा हाल्न सक्रिय बनेर नेपाललाई विदेशीहरुको खेलमैदान बनाएका छन् । समयको कुरा हो तर यिनीहरुलाई नेपाली जनताले थुक्नेछन्, कठघरामा उभ्याउनेछन् ।

 
‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीहरुलाई उत्प्रेरित गराइरहेको छ । पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन’ भन्ने पृथ्वीनारायण शाहको कति दुर्ददर्शी थिए भन्ने कुरा अहिले दक्षिणको चलखेलबाट स्पष्ट हुन्छ ।
 
२०७२ साल असोज ३ गते कोतपर्वको दिनमा नैं भारतीय गुप्तचर संस्था, यूरोपका इसाई राष्ट्रका प्रतिनिधि, अमेरिकी गुप्तचर संस्था सीआएको दबाबमा सत्ताको लागि कांग्रेस, एमाले, माओवादीले १६९ बर्षको कोतपर्व झै २०७२ साल असोज ३ गतेको संविधानको घोषणा गरेर विदेशीहरुलाई खुसी पार्ने अपराध गरे । २०६३ सालको आन्दोलनपछि बाबुराम भट्टराई, प्रचण्ड, माधव नेपाल, कृष्ण सिटौला, सुबास नेम्वाड लगायतका कांग्रेस, एमाले र माओवादीका गद्दारहरु देशलाई भौडीमा हाल्न सक्रिय बनेर नेपाललाई विदेशीहरुको खेलमैदान बनाएका छन् । समयको कुरा हो तर यिनीहरुलाई नेपाली जनताले थुक्नेछन्, कठघरामा उभ्याउनेछन् ।
 
२०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग ७ राजनीतिक दलको राजतन्त्र राख्ने विषयमा लिखित सहमति भएका संझौतालाई धोका दिएको परिणाम आज देश संकटग्रस्त छ । २०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति भएको थियो ।
 
 १) ‘परिवर्तन २०४७ सालकै संविधानलाई टेकेर हुने । २, विघटित प्रतिनिधिसभा पुनस्थापना गर्ने । ३, वहदलीय व्यवस्था कायम रहने । ४, संवैधानिक राजतन्त्र कायम रहने र ५, सबै सहमति एक अर्कामा कायम रहने सहमति भएको थियो । 
 
   यसैका आधारमा श्री ५ महाराजाधिराज सरकारबाट घोषणा भएर त्यसैको आधारमा जनआन्दोलनका नेता गिरिजाप्रसाद कोइरालालाई राजाबाट नारायणहिटी राजदरबारमा सपथग्रहण गराइएको थियो । तर माधव नेपालहरु भन्छन,– राजासँग कुनै सहमति भएकै थिएन । तर, ‘बुझ्नेलाई यो कुरो गहिरो छ, नबुझ्नेलाई घर छेउमै पहिरो छ’  भनेको जस्तै के संझौता नभई राजाले आँखा चिम्लेर त्यति ठूलो घोषणा गरेका थिए त ? थिएनन् ।
 
सार्वभौमसत्ता सम्पन्न नेपाल’ विश्वका राष्ट्रहरुमा सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश हो । तर, आज नेपालको अस्तित्व समाप्त गराउनमा नेपाल भित्रका देशद्रोहीहरु लागेका छन् । नेपाल बचाउन देशद्रोही गद्दारहरुको बिरुद्ध हार गहार गर्नुपर्ने स्थिति आएको छ । नेपालको सुरक्षा र स्थिरताको मेरुदण्ड भनेको नेपालको राजसंस्था हो भने हिन्दु अधिराज्य नेपालको विश्वब्यापी पहिचान हो ।
 
राजसंस्था र नेपालको हिन्दुअधिराज्यलाई विस्थापित गरेर नेपाल बाँच्न सक्तैन । अत :  सार्वभौम नेपालको प्रतिष्ठा बढाउन विश्वका हिन्दुहरुको आस्थाको केन्द्र हिन्दुअधिराज्य र संवैधानिक राजतन्त्रलाई कदर गर्दै राजाको उपस्थितिमा राष्ट्र निर्माणमा हामी सबैको सर्मपण बढाऔं ।