Trending :
 

बलात्कार मानसिक रोगको लक्षण हो, मूल बिमारी होइन !

संसारकै उत्कृष्ट बुद्धिमान मनुष्यसमाजमा कुनै अदालत, न्यायाधीश, विधि-विशेषज्ञ, कारागृहआदिको आवश्यकता नहुनुपर्ने हो

आश्विन ०६,२०७५

-माधव प्रसाद गर्तौला

६ असोज २०७५ काठमाण्डौ l 

 

गत दुई-तीन महिनायता देशमा यस्ता दुर्घटनाहरु घटे जसको कारणले समाजको बारेमा सोच्न विवश बनायो, तर कसैले सोचिरहेको पनि छ ? याकि सारा का सारा मस्तिष्कीय ऊर्जा (विचार) बलात्कार,  हत्या, चोरी,  डकैति,  लूट-पाटआदि अमानवीय कृत्यहरु कसरि गर्ने भन्ने बारेमा नै व्यय भैरहेको त छैन ? शायद यहि नै भैरहेको छ,  अन्यथा २ करोड ६४ लाख ९४ हजार पाँच सय चारजना  (०६८ जनगणनाको तथ्यांक अनुसार) चेतनशील,  बोधयुक्त,  बुद्धिमान प्राणी (मनुष्य) भएको देश नेपालमा आयेदिन बलात्कार आदि दुर्घटनाहरु घट्दा मनुष्य हुनुमा संशय हुँदैन र ? यदि हुँदैन भने यसले प्रमाणित गर्छ कि हामी मनुष्य होइनौं l

 

क़ानूनका सबै प्रणालीहरु समाजद्वारा ती मानिसहरुसंग लिइएको प्रतिशोध हो, जो समाजको व्यवस्थाअनुरूप छैनन् l मेरो अनुसार क़ानून न्यायपूर्ण मानिसहरुको रक्षाका लागि होइन, अपितु समाजको सामूहिक मनको रक्षाको लागि हो, फेरी त्यो न्यायपूर्ण छ या छैन यो सवालै छैन l क़ानून व्यक्तिको विरुद्ध र समाजको हितमा छ l त्यसले  व्यक्ति र उसको स्वतंत्रताको, स्वयं हुने उसको संभावनालाई अवरुद्ध गर्ने प्रयास गरिरेको हुन्छ l

 

नवीनतम वैज्ञानिक खोजहरुले अरु नै कुनै सत्यलाई प्रकाशित गरेको छ, जुन चाहिं समाजको व्यवस्थाअनुरूप छैन l जसलाई अपराधी भनिन्छ, शायद उनिहरुमा दस प्रतिशत मानिसहरु आफ्ना अपराधहरुका लागि जिम्मेवार हुंदैनन् l उनिहरुको अपराध जेनेटिक (आनुवंशिक) हुन्छन् l जस्तै अंधो मान्छे उसको अंधोपनका लागि जिम्मेवार हुँदैन, त्यस्तै हत्यारा पनि उसको हत्या गर्ने वृत्तिको लागि जिम्मेवार हुँदैन l दुबैले यी प्रवृत्ति विरासतमा पाएका हुन्छन्- पहिलो अंधोपनको, दोस्रो हत्या गर्नेको l

 

अहिले यो लगभग एक प्रामाणिक वैज्ञानिक तथ्य भएको छ कि कुनैपनि व्यक्तिलाई कुनै अपराधको लागि दंड दिनु सिर्फ मूढ़ता हो l यो करीब-करीब यस्तै नै हो जस्तै हामी कुनै व्यक्तिलाई यसैको लागि सजाईं दिन्छौं किनकि उसलाई टी. बी. छ, कसैलाई कैद गर्छौं किनकि उ क्यांसरको रोगी हो l सबै अपराध रुग्ण हुन्छन्- मानसिक र आध्यात्मिक दुबै तरीकाले l

 

मेरो दृष्टिले जुन समाजको परिकल्पना गरेको छ, त्यसको अदालतमा विधि-विशेषज्ञ होइनन् अपितु आनुवंशिकी, जेनेटिक्सलाई तथा यस कुरालाई बुझ्ने कि कुन तरीकाले अपराधको मनोवृत्ति पीढ़ी दर पीढ़ी हस्तांतरित भई रहन्छन्, यस तथ्यलाई बुझेर समस्याको समाधान गर्ने व्यक्तित्वहरु हुनेछन् l उनिहरुलाई यो निर्धारण गर्नै पर्दैन कि अपराधिलाई कुन सजाईं दिने, किनकि कुनैपनि सजाईं दिनु गलत हो; गलत मात्रै होइन, त्यो आफुमै पनि एक अपराध हो l

 

जुन मान्छेले गलत काम गरेको छ, उसलाई उचित संस्थामा पठाउनुपर्छ l कुनै मनोचिकित्सक संस्थानमा या मनोविश्लेषक विद्यालयमा या शायद अस्पतालमा शल्य-क्रियाको लागि l उसलाई हाम्रो सहानुभूतिको, हाम्रो प्रेमको, हाम्रो सहायताको आवश्यकता छ l तर उसलाई आफ्नो सहानुभूति, प्रेम, सहायता दिनुको ठाउँमा सदियौंदेखि हामीहरूले उसलाई सजाईं दिंदै आइरहेका छौं l व्यवस्था, क़ानून, न्याय यी राम्रा-राम्रा नामका आडमा मानिसहरुले अत्यधिक क्रूरता गरिरहेका छन् l

 

संसारकै उत्कृष्ट बुद्धिमान मनुष्यसमाजमा कुनै अदालत, न्यायाधीश, विधि-विशेषज्ञ, कारागृहआदिको आवश्यकता नहुनुपर्ने हो l यदि हुनैपर्छ भनेपनि सहानुभूतिपूर्ण वैज्ञानिक, चिकित्सक, करुणापूर्ण मानिसहरु जसले यी कुराहरुको अन्वेषण गरून् कि यस्तो कसरी भयो कि कुनै व्यक्तिले बलात्कारजस्तो जघन्य कर्म गर्न बाध्य हुनुपर्यो l मेरो दृष्टिमा कुनैपनि प्रकारले तिनिहरु जिम्मेवार छैनन् l यी सबै दमनात्मक नैतिकताको परिणाम हो l या फेरी उसकै भित्र यस्तो हार्मोन छ जसले जैविकरूपमा उसलाई बलात्कार गर्नको लागि बाध्य बनाउंछ l

 

यद्यपि हामीहरु आधुनिक समाजमा बस्छौं, तर समसामयिक भने हुन सकिरहेका छैनौं l किनकि विज्ञानले प्रतिदिन नयाँ-नयाँ तथ्यहरु खोजेर प्रगट गरिरहेको हुन्छ, तर उनिहरुको बारेमा हामीहरुलाई कुनै जानकारी नै हुँदैन l

 

जुन मानिसले बलात्कार गरिरहेको छ उसको भित्र शायद ती नैतिक मानिसहरुभन्दा ज्यादा हार्मोन्स छन् जसले एउटै स्त्रीसंग जीवन बिताउंछ र सोच्छ कि उनिहरू सबै नैतिक हुन् l तर सत्य यो हो कि उनिहरुको हार्मोन अति नै कमजोर छ l उनिहरुका हार्मोनको लागि एउटै स्त्री पर्याप्त हुन्छ l जुन पुरुषको भित्र ज्यादा हार्मोन हुन्छ उसलाई ज्यादा स्त्रीहरुको आवश्यकता पर्छ l यही कुरा स्त्रीको लागि पनि लागू हुन्छ l यसमा नैतिकताको कुनै सवाल छैन, यो सवाल हो जैविकी को l जुन मानिसले बलात्कार गरेको छ उसलाई हाम्रो सहानुभूतिको आवश्यकता छ l उसलाई एक ख़ास अप्रेशनको आवश्यकता छ जसमा उसको अतिरिक्त हार्मोन निकालेपछि उ आफैं शांत भएर जान्छ l

 

अपराधीलाई दंड दिनु मूढ़तापूर्ण कृत्य हो !

 

देशमा अहिले जता-ततै बलात्कारका दुर्घटनाहरु घटिराहेका छन् l यिनै दुर्घटनाहरुले गर्दा अहिले सामजिक मन अस्तव्यस्तको अवस्थामा आइपुगेको छ l परिणामस्वरूप अपराधिलाई आजीवन कारावास, फाँसी या उसको जननेंद्रियसमेत नै काटिदिने माग भईरहेको छ l तर के यस्ता दंडले बलात्कार जस्ता कृत्यहरु निर्मूल हुन्छन् त ? अवश्य नै हुँदैन l किनकि समस्याको मूल दंड नदिनु होइन, समस्याको मूल जैविक रसायन (हार्मोन) र दमनात्मक शिक्षा हो l दंड दिएर उसको हार्मोन बदल्न सकिंदैन l उसलाई कैदखाना मा बंद गरेर सिर्फ समलैंगिकता उत्पन्न गर्नमा सहायक सिद्ध हुनेछ l अमेरिकाको कैदखानामा सर्वेक्षण गर्दा पैंतीस प्रतिशत कैदीहरु समलैंगिक भेटिए l पैंतीस प्रतिशत कुनै सानो संख्या होइन l

 

सामान्य मानिसहरुलाई लाग्छ कि सजाईंले आपराधिक काम गर्नदेखि डराउंछन् l केही सीमासम्म यो सत्य हो l तर ज्यादातर मानिसका लागि सत्य होइन l तिनीहरूले अर्कोपटक झन सावधानीपूर्वक यस्ता काम गर्ने कोशिश गर्नेछन् l हुनसक्छ ज्याद कठोर नियम-क़ानूनको कारणले अपराध केही हदसम्म कम होलान् l तर जब अपराध कसैको दिमागमा भईरहेको हुन्छ, तब यसको मतलब हो कि मौका मिल्ने बित्तिकै त्यो वास्तविकतामा परिणत हुनेछ l

 

कुनै अपराध या हिंसा या बलप्रयोग कुनै स्त्रीको विरुद्ध होस् या कुनै पुरुषको या फेरी कुनै बच्चाको कुरा एउटै हो l यदि हामीले एउटा जबर्जस्तीलाई सही ठहर्यायौं भने स्वाभाविकरूपले त्यसबाट अरुकुनै नयाँ अपराध उब्जिन्छ l यो आफ्नै घरदेखि शुरु हुन्छ l यदि तपाईंले जबर्जस्ती आफ्नो बच्चालाई खाना खुवाउन सक्नुहुन्छ भने भोली गएर तपाईंबाट दुष्कर्म पनि हुनसक्छ l मैले तपाईंहरुलाई के भन्न खोजिरहेको छु भने यस्ता दुर्घटना यस्तै प्रकारले शुरु हुन्छ l

 

हामीहरु समस्याको मूल-जरो नष्ट गर्न नै चाहँदैनौं l हामी केवल समस्याको सतहलाई काट-छाँट गर्न चाहन्छौं l किनकि वर्त्तमानमा सतहमा देखिने समस्याहरुले हामीहरुलाई कांडा झैं घोचिरहेको हुन्छ l आयेदिन हुने बलात्कारका दुर्घटनाले संपूर्ण मानवीय चेतनालाई नै चुनौती दिरहेको अवस्था छ l यही समय हो कि हामीहरु सबै मिली जीवनको मूल तथ्यहरुमा ध्यान दिऊं l यदि हामी एक-एक मानिसलाई रूपांतरित गर्दैनौं भने, हामीहरुलाई अपराधीहरुले भरिएको दुनियाँसंग काम चलाउनुपर्नेछ l

यो पनि पढ्नुहोस्- अति कामुकता निषेध को अंतिम परिणाम हो !

-माधव प्रसाद गर्तौला